बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उदय राज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले उनले पदबाट दिएको राजीनामा सोमवारदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।
त्यसैगरी सोही बैठकले अर्को निर्णय नभएसम्मका लागि कम्पनीमा वरिष्ठक्रममा रहेका नायव महाप्रवन्धक गोविन्द चापागाईंलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया