ट्वीटरमा के लेखेका थिए इलोन मस्कले ?  जसले बजार मूल्य १४ अर्ब डलरले घट्यो

ट्वीटरमा के लेखेका थिए इलोन मस्कले ?  जसले बजार मूल्य १४ अर्ब डलरले घट्यो


बैकिङ्ग समाचार । 

विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ।

संस्थापक इलोन मस्कको ट्वीटकै कारण टेस्लाको बजार मूल्यमा गिरावट आएको हो। टेस्लाको शेयर मूल्य धेरै नै बढी भएको भन्दै मस्कले ट्वीट गरेका थिए।

ट्वीटपछि लगानीकर्ताहरूले शेयरबेचेपछि मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको बीबीसीले जनाएको छ।

\"\"

'टेस्लाको शेअर मूल्य धेरै नै बढीू रहेको आफ्नो विचार रहेको ट्वीट गरेका मस्कले आफ्नो अचल सम्पत्ति पनि बेच्ने ट्वीट गरेका छन्।

यस्तै अन्य ट्वीटहरूमा मस्कले आफ्नो प्रेमिका आफूसँग धेरै रिसाएको समेत लेखेका छन्। 

२०१८ मा न्यूयोर्क स्टक मार्केटमा टेस्लाको भविष्यबारे ट्वीट गर्दा उनलाई नियामक निकायले दुई करोड डलर जरिवाना गर्नुका साथै त्यसपछि गर्ने ट्वीटका लागि वकिलबाट स्वीकृत लिनुपर्ने निर्णय गरेका थिए।

वाल स्ट्रीट जर्नलले मस्कलाई त्यो ट्वीट एउटा हल्का टिप्पणी थियो कि भनी गरेको प्रश्नमा उनले होइन भनेको लेखेको छ।