बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न ग्लोबल आइएमई लघुवित्तको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरको कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । 

साविक स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ साल वैशाख ८ गते एकीकृत कारोबार शुरु गरेको कम्पनीले प्राप्ति पश्चात कायम शेयरधनीहरुलाई मात्र कर बापतको रकम जम्मा गर्न भनेको हो । एकीकृत कारोबारका दिनसम्म कायम शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर छूट पाउनेछन् ।

कम्पनीले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने जानकारी समेत गराएको छ । हालसम्म कम्पनीले उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराएको छैन ।

गत वैशाख ८ गतेपछि कम्पनीको शेयर खरीद गरेका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको पोखरा, न्यूरोड शाखामा ग्लोबल आइएमई लघवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको खाता नम्बर I201010000370 मा कर बापतको रकम जम्मा गर्न कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले रू. ४३ करोड १७ लाख १० हजारको आधारमा २८ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । उक्त बोनसपछि कम्पनीको चुक्तापूँजी रू. ५५ करोड २५ लाख ८९ हजार पुग्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते (एक दिन) बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयर प्राप्त गर्नेछन् ।