अति प्रभावित क्षेत्रलाई राष्ट्र बैंकले हेरिरहेको छ, प्याकेज पक्का आउँछः गभर्नर 

अति प्रभावित क्षेत्रलाई राष्ट्र बैंकले हेरिरहेको छ, प्याकेज पक्का आउँछः गभर्नर 


बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रलाई परेको समस्याका विषयमा केन्द्रीय बैंकले हेरिरहेको बताएका छन्।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले उनले गरेको भिडियो कन्फरेन्समा उनले व्यवसाय बन्द हुँदा लकडाउन लम्बिँदै गए यसको असर जटिल हुने र अर्थतन्त्रको खम्बाको रूपमा रहेको रेमिट्यान्स बन्द हुन सक्ने उल्लेख गरे।

चैतबाट रेमिट्यान्स घट्न थालिसकेको र त्यसबाट सिर्जना हुने विदेशी मुद्रा र तरलतामा नै प्रभाव पर्ने बताए।

'अहिलेसम्म दुई राउन्डको जेजति प्याकेज आएको छ, यो सबै कुरा होइन,'उनले भने, 'हामीले अर्थतन्त्र पुनरुत्थानका लागि धेरै कुरा सोच्नुपर्नेछ।' अहिलेको प्याकेज अन्तरिम भएको र यसले तत्कालको समस्या कम मात्रै गर्न खोजेको उनले बताए।

कोभिड १९ ले अर्थतन्त्रमा पारेको विषयमा अध्ययन भइरहेको र त्यसपछि विस्तृत प्याकेज आउने जानकारी दिए। उनले राहत ल्याउने विषयमा नियमनकारी निकायबीच समन्वय गर्नुपर्ने आवश्यकता औल्याए । लकडाउन अझै लम्बियो भने अवस्था अझ बढी क्रिटिकल हुने भन्दै त्यसलाई पनि विश्लेषण गरी निर्णय गर्नुपर्ने उनको भनाई छ।