आईपीओ निकाल्ने तयारीमा रहेको ज्योति लाइफले झण्डै शतप्रतिशतले बढायो व्यवसाय

आईपीओ निकाल्ने तयारीमा रहेको ज्योति लाइफले झण्डै शतप्रतिशतले बढायो व्यवसाय


बैकिङ्ग समाचार ।

लकडाउनका बिचमा पनि ज्योती लाइफ इन्स्योरेन्सले व्यवसाय झण्डै शतप्रतिशतले बढाएको वित्तीय विबरण निकालेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १४ करोड रुपैंया कुल बीमा शुल्क आर्जन गरेको हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको कुल बीमा शुल्कको आकार ९७ प्रतिशतले बढेको हो ।

चैत ११ गतेबाट लकडाउन सुरु भए पछि इन्स्योरेन्सले त्रैमासमा २० दिन लकडाउनमा गरेको व्यवसाय समेत विबरणमा समेटेको छ ।

अल्पकालिन लगानी घटाई दिर्घकालिन लगानीलाई प्राथमकिता दिएको इन्स्योरेन्सको दिर्घकालिन लगानी ८३ प्रतिशतले वृद्धी भएको छ भने अल्पकालिन लगानीमा ५८ प्रतिशतको गिरावट आएको छ ।

वस्थापन खर्चमा भएको वृद्धीको बाबजुद इन्स्योरेन्सले १४ प्रतिशतले खुद नाफा सुधार गर्दै ११ करोड ५१ लाख रुपैंया कमाएको छ । यो रकम बीमाङ्कीय मूल्याङ्कन पश्चात परिवर्तन हुन सक्नेछ ।

व्यवसाय तथा बीमितको संख्या वृद्धी संगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भइ दाबी वापत ८९ लाख ५९ हजार रुपैंया खर्चेको छ । व्यवसाय तथा लगानी बृद्धी, संचालन खर्चमा देखिएको सन्तुलन लगायत कारणले इन्स्योरेन्सले समीक्षा अवधिमा जगेडा कोषको आकार ८३ प्रतिशतले बढाएर ३७ करोड ३९ लाख रुपैंया पुर्याएको छ । त्यसै गरी जीवन बीमा कोषमा १९१ प्रतिशतको वृद्धि सहित १ अर्ब ४० करोड रुपैंया पुगेको छ ।

हाल १ अर्ब ५४ करोड चुक्तापूँजी रहेको ज्योति लाइफले ६६ करोड रुपैंया बराबरको ६६ लाख कित्ता आईपिओ जारी गर्ने तयारी गरिरहेको छ ।

कम्पनीको वित्तीय विवरण अध्ययन गर्दा दिर्घकालिन लगानीको अनुपात बढी रहेको र वित्तीय बजारमा निक्षेपको ब्याजदरमा कमी आएता पनि कम्पनीको नाफा आगामि दिनमा समेत सन्तुलित हुने विश्लेषण गर्न सकिन्छ ।