बुटवल पावरको १० प्रतिशत नगद लाभांश वितरण, बैंक खाता अद्यावधिक गराउन आग्रह

बुटवल पावरको १० प्रतिशत नगद लाभांश वितरण, बैंक खाता अद्यावधिक गराउन आग्रह

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी पारित गरेको कर समेतको १० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले गत पुस २६ गते सम्पन्न २९औं वार्षिक साधारण सभाबाट यस वर्षका लागि १० प्रतिशत नगद लाभांशसँगै १० प्रतिशत बोनस शेयर समेत कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको थियो ।

बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात वितरण गर्ने जानकारी दिएको कम्पनीले नगद लाभांश भने माघ २७ गतेदेखि नै वितरण गर्न शुरु गरेको बताएको छ ।

यसर्थ हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीहरुको नगद लाभांश भने वितरण हुन बाँकी रहेकाले यथाशिघ्र अद्यावधिक गराउन कम्पनीले शेयरधनीहरुलाई आग्रह गरेको छ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि लागि पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीले चुक्तापूँजी रू. २ अर्ब ९५ करोड १५ लाख ५४ हजारको आधारमा लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. ५० करोड ४६ लाख १९ हजार खुद नाफा गरेको थियो । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा ४ अर्बभन्दा बढी रकम सञ्चित रहेको थियो ।