नेप्सेले सुचिकृत कम्पनीहरुको बर्गिकरणका लागि माग्यो ३० बढी विवरण, १५ दिन भित्र बुझाउनु पर्ने

नेप्सेले सुचिकृत कम्पनीहरुको बर्गिकरणका लागि माग्यो ३० बढी विवरण, १५ दिन भित्र बुझाउनु पर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुको विभिन्न ३० भन्दा बढी विवरणहरु माग गरेको छ । नेप्सेले कम्पनीको बर्गिकरणको लागि यी विवरण माग गरेको हो । नेप्सेले फागुन २३ गते सोमबारसम्म यी विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम कम्पनीहरुको बर्गिकरणको लागि सबै कम्पनीसँग विवरण माग गरेको हो । विवरण प्राप्त भएपछि नेप्सेले कम्पनीहरुलाई  'ए', 'बि', 'जि' र 'जेड' वर्गमा वर्गिकरण गर्ने गरेको छ ।

नेप्सेले माग गरेको कम्पनी विवरणको ढाँचाः

\"\"