​​​​​​​ऋण लिने ग्राहकलाई ब्याज दरमा अप्सनः एकपटक तोकिएको ब्याजदर परिवर्तन नहुने ब्यवस्था

​​​​​​​ऋण लिने ग्राहकलाई ब्याज दरमा अप्सनः एकपटक तोकिएको ब्याजदर परिवर्तन नहुने ब्यवस्था


बैकिङ्ग समाचार ।
आफुखुशी कुनै कर्जामा स्थिर ब्याजदर कायम गरेका बैंक तथा वित्तीय संस्थाहरुले अब सबै प्रकारका कर्जामा अनिवार्य रुपमा स्थिर र चलायमान ब्याज प्रकाशित गर्नुपर्ने भएको छ।

यसले ग्राहकलाई कुन ब्याज दरमा जाने भन्ने विकल्प दिन्छ। फिक्स्ड ब्याज दर प्रचलितभन्दा केही महँगो परेपनि निष्चिच आय भएकाहरुलाई नियमित किस्ता तिर्न सहज हुन्छ। फ्लोटिङ भने अहिलेको जस्तै हुन्छ। तरलता कम भएमा ब्याज महँगिन्छ। तरलता बढ्दा ब्याज घट्छ। जोखिम लिन सक्नेहरुका लागि फ्लोटिङ विकल्प हुन सक्छ।

फ्लोटिङ र फिक्स्डको विकल्प आवधिक कर्जाका हकमा लागु हुने छ। बैंकहरु सबै प्रकारका आवधिक कर्जाहरु प्रकाशित गर्दा फिक्स्ड ब्याज दर पनि उल्लेख गर्नु पर्छ। 

तरलता बढ्दा पनि यसको ब्याज घट्दैन भने तरलता अभाव हुँदा पनि तोकिएभन्दा ब्याज माथि जान पाउँदैन। त्यसैले बैंकहरुले यसमा केही बढि प्रिमियम राख्छन्। यसो हुँदा फ्लोटिङभन्दा यसको ब्याज दर केही माथि हुन्छ।

राष्ट्र बैंकले यसअघि पनि फ्लोटिङ र फिक्स्डमा जान बैंकहरुला भने पनि बाध्यकारी गरेको थिएन। यसपाली भने निर्देशन नै जारी गरेर ब्याज दरमा ग्राहकलाई विकल्प दिइएको हो।