पुनकर्जामा साना ऋणीलाई पनि सस्तो ब्याजको पहुँच, १५ लाख कर्जाको धितोमै ऋण, ब्याज ५% मात्रै

पुनकर्जामा साना ऋणीलाई पनि सस्तो ब्याजको पहुँच, १५ लाख कर्जाको धितोमै ऋण, ब्याज ५% मात्रै


बैकिङ्ग समाचार ।
ठूला ऋणीहरुले मात्रै पाउँदै आएको राष्ट्र बैंकको पुनर्कर्जा अबदेखि साना ऋणीले पनि पाउने भएका छन्। पुनर्कर्जाको ब्याज प्रचलितभन्दा निक्कै कम हुन्छ। तर यसमा पहुँच ठूला ऋणीको मात्र थियो।

नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार एक निर्देशन जारी गर्दै पुनर्कर्जामा साना ऋणीहरुको पनि पहुँच स्थापित गरिदिएका हुन्।

परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रभावित १५ लाखसम्मको असल कर्जाको धितो सुरक्षणमा पुनर्कर्जा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ। यसको ब्याज दर ऋणीलई बढिमा पाँच प्रतिशत पर्न जान्छ।

पुनर्कर्जा राष्ट्र बैंकले दुई प्रतिशतमै उपलब्ध गराउँछ। यसमा बैंकहरुले तीन प्रतिशत प्रमियम राखेर ग्राहकलाई ५ प्रतिशतमा ऋण दिने छन्। 

यसअघि साना ऋणीले भुकम्प प्रभावित घर कर्जा बापत पुनर्कर्जा पाएका थिए। गाउँकाले १५ लाख र काठमाडौै उपत्यकाभित्रकाले २५ लाख रुपैयाँ २ प्रतिशतमा पाएका थिए। नभए कुनै पनि पुनर्कर्जामा साना ऋणीले सहभागिता जनाउन पाएका थिएनन्।