कोरोना प्रभावित क्षेत्रमा लघुवित्तहरुले ३ प्रतिशत ब्याज छुट गर्नुपर्ने

कोरोना प्रभावित क्षेत्रमा लघुवित्तहरुले ३ प्रतिशत ब्याज छुट गर्नुपर्ने


बैकिङ्ग समाचार ।
 कोरोना प्रभावित क्षेत्रमा लघुवित्त वित्तीय संस्थाहरुले ३ प्रतिशत ब्याज छुट दिनु पर्ने भएको छ । 

राष्ट्र बैंकले लघुवित्तहरुलाई ३ प्रतिशत ब्याज छुट दिन निर्देशन दिएसँगै यसको कार्यन्वयन गर्नुपर्ने भएको हो । होलसेल कर्जा लगानी गर्ने लघुवित्तहरुको हकमा भने २ प्रतिशतमात्रै छुट दिन राष्ट्र बैंकले भनेको छ । खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलि

कम्युनिकेशन, साबुन तथा केमिकल उद्योगले यो सुविधा पाउने छैनन् । यसैगरी मेडिलक पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले समेत यो सुविधा नपाउने राष्ट्र बैंकले बताएको छ । 

होटल, रेष्टुरेन्ट, ट्रेकिङ लगायतका पर्यटन क्षेत्र, हवाई उड्ययन तथा सार्वजनिक यातायात क्षेत्र र निर्यात उद्योगहरुले यो सुविधा पाउने राष्ट्र बैंकले बताएको छ । मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुका लागि व्याज कम गर्न भनेको हो ।