बैंकका कर्मचारीमाथि कडाईः बाहिर हिँड्दा बैंकको चिठी अनिवार्य, परिचयपत्रले मान्दैनन् ट्राफिक

बैंकका कर्मचारीमाथि कडाईः बाहिर हिँड्दा बैंकको चिठी अनिवार्य, परिचयपत्रले मान्दैनन् ट्राफिक


बैकिङ्ग समाचार ।
सरकारले बैंकका कर्मचारीमाथि कडाई गरेको छ । लकडाउनको समयमा बैंकका कर्मचारी परिचयपत्र लिएर हिडडुल गर्न पाउँछन् । तर, यस्तो संख्या धेरै देखिएपछि परिचयपत्रको साथमा अब कार्यालयको निवेदन पनि अनिवार्य गरिएको छ ।

गृहमन्त्रालयले अबका दिनमा बैंकिङ कर्मचारीलाई कार्यालयको परिचयपत्रका साथमा आवद्ध कार्यालयको निवेदन पनि अनिवार्य गरेको हो । अफिसको कार्ड बोकेर बैंकिङ कर्मचारीहरुले लकडाउन उलंघन गरेको आरोप छ । 

परिचयपत्र बोकेर हिँडेका बैंकका थुप्रै कर्मचारीहरुलाई प्रहरीले लकडाउन उल्लंघनको आरोपमा नियन्त्रणमा लिएर छाडेको छ । यससँगै बैंकले कार्यालयको लागि औपचारिक पत्र अनिवार्य बनाउनु पर्ने उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । 

मंगलबार बैंकका कर्मचारी पक्राउ परेको विषय नेपाल राष्ट्र बैंक समक्ष पुगेको थियो ।