नविल बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्यो

नविल बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्यो


बैकिङ्ग समाचार । 
नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेप र साधारण बचतको ब्याज घटेको छ ।

मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.२५ र संस्थागततर्फ ७ प्रतिशत रहेको छ । यसअघि व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत रहेको थियो ।

बैंकले साधारण बचतको पनि ब्याज घटनाएको छ । साधारण बचतमा सबैभन्दा बढी ५ र सबैभन्दा कम ३ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल १८ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।

यस्तै बैंकले कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ । बैंकका अनुसार चैत महिनामा ७.८२ प्रतिशत आधार दर रहेको थियो ।
बैंकबाट ऋण लिँदा १५.८२ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

बैंकबाट हाउजिङ लोन लिँदा १२.८२, मोटरेज, अटो, शैक्षिक धितोकर्जा, पर्सनल ओभरड्राफ्ट, सेयर धितोकर्जा, कृषि कर्जा, पर्यटन लगायत कर्जा लिँदा १२.८२ प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै विद्युतीय सवारी कर्जा लिँदा ११.८२ प्रतिशत ब्याज लाग्ने छ ।