एक सातामा १० हजार ७१९ जनाले गरे कोरोना बीमा

एक सातामा १० हजार ७१९ जनाले गरे कोरोना बीमा


बैकिङ्ग समाचार । 
कोरोना भइरसको शुरु भएयता एक सातामा १० हजार ७१९ जनाले बीमा गरेका छन् ।

बीमक संघका उपाध्यक्ष एनपी प्रधानका अनुसार ७१९ वटा पोलिसी बिक्री गर्दा ५७ लाख २१ हजार ५२० रुपैयाँ प्रिमियम संकलन भएको छ । २० वटा निर्जीवन बीमा कम्पनीले उक्त पोलिसी बिक्री गरेका हुन् ।

अहिले कोरोना भाइरस बीमा अस्पताल तथा कर्पोरेट हाउसलगायतले गर्ने गरेका छन् । बीमा समितिले नै ८० जना कर्मचारीको बीमा गराइसकेको छ । विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको छ । नेपालमा पनि बीमा समितिले कोरोना भाइरसको बीमा शुरु गरेको छ ।