मेगा बैंकका ग्राहकलाई १२ प्रतिशत छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

मेगा बैंकका ग्राहकलाई १२ प्रतिशत छुटमा घरमै स्वास्थ्य सेवा र औषधि


बैकिङ्ग समाचार । 
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधि प्रदान गर्ने भएको छ।

मेगा बैंकसँग भएको सम्झौताअनुसार इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकलाई स्वास्थ्य सेवा दिने तथा औषधि पुर्याउने भएको हो।

मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्ड तथा मेगा स्मार्ट बैंकिङमार्फत रकम भुक्तानी गर्दा १२ प्रतिशत छुट पाउने भएका छन्।

इजी केयरको वेभसाइट, टेलिफोन नम्बरहरु ९८६०९८०९९९, ९८६०९८०७७७ तथा भाइबर र ह्वाट्सएप मार्फत ग्राहकहरुले इजी केयरलाई सम्पर्क गर्नसक्ने बैंकले बताएको छ।

देशव्यापी लकडाउनका कारण बिरामीहरुलाई स्वास्थ्य सेवा दिन तथा औषधि खरिद गर्न समस्या नहोस् भन्ने उद्देश्यले मेगा बैंकले इजी केयरसँग सम्झौता गरेको हो।