माछापुच्छ्रे बैंकका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायब महाप्रवन्धकमा बढुवा

माछापुच्छ्रे बैंकका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायब महाप्रवन्धकमा बढुवा


बैकिङ्ग समाचार । 

माछापुच्छ्रे बैंकका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायब महाप्रवन्धक पदमा बढुवा भएका छन्। उनीहरु बैंकमा सहायक महाप्रवन्धक पदमा कार्यरत थिए।

बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलेका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी दिइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको अनुभव भएका थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्। सन् २००० बाट बैंकिङ्ग करियर गरेका थापासँग बैंक अफ काठमाण्डौँ तथा सानिमा बैंकमा काम गरेको अनुभव छ। उनी कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन्। थापा वैंकिङ विजनेश र  हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छन्।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी र काठमाण्डौ विश्वविद्यालयबाट एमबीए गरेका न्यौपानेसंग बैंकिङ्ग क्षेत्रमा२ २ बर्षको अनुभव रहेको छ। जोखिम व्यवस्थापनमा अब्बल न्यौपानेले समग्र बैंकिंग सञ्चालनमा राम्रो दख्खल राख्छन्।

सेल्स र मार्केटिङ्गमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ्रे बैंकमा कार्यरत छन्। उनीसँग एभरेष्ट बैंक र एनआईसी एशिया बैंकमा काम गरेको अनुभव छ।