सहमतिमै बैंक छाडेको हुँः मनोज ज्ञावली, ज्वती बिकास बैंक

सहमतिमै बैंक छाडेको हुँः मनोज ज्ञावली, ज्वती बिकास बैंक


बैकिङ्ग समाचार । 

कोरोना भाइरसको कहरकाबीच आफ्नो दुई बर्षे कार्यकाल बाँकी छदै बैंक छाड्ने निर्णय गरेका ज्वती विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञावलीले सबैंको सहमतिमा बैंक छाडेको बताए ।

बैकिङ्ग समाचारसँग कुरा गर्दै उनले भने, ‘सबैको जिन्दगीमा आफ्नै समस्या हुन्छन् । यो मेरो निर्णय बैचारिक निर्णय हो । आफ्नै कारण हो ।’ दुई वर्ष ज्वती विकास बैंकको प्रमुख कार्यकारीको भूमीका निर्मम रुपमा निभाएका उनले आफ्नो भावी योजनाका बारेमा बताउन चाहेनन् ।

तर ,अन्य बैंकका बैंकर्सहरुले मनोज ज्ञवलीको निर्णयलाई आश्चर्यको रुपमा लिएका छन् । उनकै बैंकमा कार्यरत एक बैंकरले प्रमुख कार्यकारी अधिकृतको यस्तो निर्णयप्रती आश्चर्य प्रकट गरे । यस्तै अन्य बैंकरहरुले पनि उनलाई अब ठुलो मार्केटमा देखिन सकिने अनुमान लगाएका छन् । चार वर्ष कार्यकाल भए पनि दुई वर्षमा पुनरावलोकन गर्ने बैंक सञ्चालक समिति र उनीबीच सहमति भएको थियो। त्यसै अनुसार दुवै पक्षले बाँकी दुई वर्ष निरन्तरता दिन चाहेनन्। उनी १५ गतेबाट बिदा हुने छन्।

कृष्णबहादुर कुँवरको दुई वर्षे कार्यकाल पूरा भएर बाहिरिएपछि ज्ञवालीलाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको थियो। त्यसअघि उनी डेपुटी कार्यकारी प्रमुख थिए। 

चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ। उनको बैंकिङ तथा पुँजी बजारमा करिब २१ वर्षको अनुभव छ।

उनले केन्द्रीय बैंकको कोष ब्यवस्थापनमा चार वर्ष काम गरेका थिए। त्यसपछि वाणिज्य बैंकहरुमा उनले काम गरेका थिए।

उनी मूख्य वित्त अधिकृत, सञ्चालन प्रमुखलगायत भएर माथिल्लो ब्यवस्थापनमा बसेर काम गरेका थिए। ग्लोबल आइएमइ बैंक र इन्भेष्टमेन्ट बैंकिङ कम्पनीमा काम गरेको पनि उनीसँग अनुभव छ। यसैगरी उनी जलविद्युत विकास कम्पनीमा काम गरेको पनि अनुभव छ।