भीरकोटको प्रकोप व्यवस्थापन कोषमा ७ लाख ४३ हजार ३ सय ३८ संकलन

भीरकोटको प्रकोप व्यवस्थापन कोषमा ७ लाख ४३ हजार ३ सय ३८ संकलन


बैकिङ्ग समाचार, स्याङ्जा। 

भीरकोट नगरपालिकाको प्रकोप व्वस्थापन कोषमा राहत स्वरुप जिन्सी र नगद रकम आउने क्रम जारी रहेको छ ।मानवताको सेवा नै सर्वपरी मान्ने भीरकोट जेसिजले एक कार्यक्रमकाबीच जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्याल, भीरकोट जेसिजका संस्थापक उमेश गुरुङ् लगायत भीरकोट जेसिजका पदाधीकारीहरुको उपस्थीतीमा भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी राहत स्वरुप पचास हजार चेक र ५० थान डिजिटल थर्मोमिटर भीरकोट जेसिजका अध्यक्ष मिना खाँणले नगर प्रमुख छायाराम खनाललाई प्रदान गर्नुभयो ।

राहत रकम वुझ्दै नगर प्रमुख छायाराम खनालले प्रदान गरेको रकमको सहि सदुपयोग गर्दै, कोविड १९ को माहामारी रोक्नको लागी सरकारले गरेको लक डाउनका कारण प्रभावित भीरकोट वासी अति विपन्न गरिव ज्याला मज्दुरी गरी घरपरिवार चलाउदै आएकाहरु जुन वास्तविक प्रभावीत लाई दोस्रो चरणको राहत वितरण गर्ने योजना नगरपालिकाले वनाएको भन्दै लकडाउन वाट नआत्तीन आग्रह गर्नुभयो ।

भीरकोटमा रहि विभिन्न सामाजिक कार्य गर्दै आएको भन्दै यस अघी पनि लक डाउनवाट प्रभावितहरुका लागी १८ हजार वरावरको खाद्यान्न र ग्रामिण क्षेत्रमा ७० थान डिजिटल थर्मोमिटर वितरण गरी सकेको अध्यक्ष मिना खाँणले वताउनुभयो ।

यसैगरी भीरकोट नगरपालिका वडा न १ निवासी स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउदै आएका प्रसन्न मेडिकल हलका संचालक प्रदिप आलेका छोराहरु प्रसन्न आले र यूवान आलेको आज परेको जन्मदिनको अवसरमा भीरकोटमा लकडाउनवाट प्रभावित हरुलाई रहत होस भनी प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी राहत स्वरुप नगद रु ३३ हजार ३ सय र नेपाली काँग्रेस जन सम्र्पक समिति दक्षिण कोरीयाका महामान्त्री कुमार थापाका स्वआमा मन कुमारी मगरको स्मृतीमा कोषमा जम्मा हुने गरी थापाको वुवा मार्फत राहत स्वरुप नगद दश हजार गरी आज सम्म नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जिन्सी र नगद गरी ७ लाख ४३ हजार ३ सय ३८ जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले बताउनुभयो ।