बैंकका अध्यक्षहरुले गरेको निर्णय कार्वान्वायन गर्न नसकिने बैंकर्स संघको निस्कर्ष

बैंकका अध्यक्षहरुले गरेको निर्णय कार्वान्वायन गर्न नसकिने बैंकर्स संघको निस्कर्ष


बैकिङ्ग समाचार  ।

कोरोना प्रभावितहरुलाई राहत दिने सम्बन्धमा बैंकहरुका अध्यक्षहरुको छाता संस्थाले गरेको निर्णय कार्यान्वायन गर्न नसक्ने निष्कर्ष बैंकर्स संघले निकालेको छ ।

केही दिनअघि मात्र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले कोरोना प्रभावित व्यवसायलाई राहत प्याकेज घोषणा गरेको थियो । १ करोड रुपैंयासम्मको ऋण लिएकाहरुलाई १० प्रतिशत याज छुटका साथै ऋणको व्याज १ प्रतिशतले घटाउने लगायतका निर्णय परिसंघले गरेको थियो ।

परिसंघले राहतका साथै विदेशबाट लगानी भित्र्याउन पाउनु पर्ने माग सहितको निर्णय सार्वजनिक गरे पछि बैंकर्स संघले परिसंघका निर्णय कार्यान्वायन हुन नसक्ने निष्कर्ष निकालेको हो ।

बिहीबार भएको संघको छलफलले परिसंघले केही दिन अघि गरेका निर्णयहरु कार्यान्वायन गर्न नसक्ने भन्दै यस्ता निर्णयहरु सञ्चालक समितिबाट भएको भए राम्रो हुने निष्कृर्ष पनि निकालेको छ ।

एक बैंकरले नोटबजारसँग कुरा गर्दै परिसंघले गरेका निर्णय कार्यान्वायन गर्न असहज हुने निर्णयमा संघ पुगेको जानकारी दिए ।