‘खल्ती आफैमा ‘इनोभेटिभ फिनटेक हब’ हो, एकपटक प्रयोग गरौं’

‘खल्ती आफैमा ‘इनोभेटिभ फिनटेक हब’ हो, एकपटक प्रयोग गरौं’

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विनय खड्का, सिईओ, खल्ती डिजिटल वालेट 
प्रविधिको विकासका कारण बैंकिङ्ग क्षेत्रमा आमूल परिवर्तन आएको छ । बैंकहरु शहरबाट घर र घरबाट जनताका खल्तीमै पुगेका छन । सामान खरिदवापतको भुक्तानी होस वा घरायसी बिलहरु तिर्न, बैंकिङ्ग सुविधाको उपलब्धता बढ्दो छ । हात–हातमा पुगेका स्मार्ट मोबाइलले पनि अत्याधुनिक बैंकिङ्गको प्रयोगमा सहभागिता बढाउन थालेको महसुश गरिएको छ । विशेषतः कोभिडका कारण यसको महत्व अझ बढेको छ । अहिलेको पुस्ता प्रविधिसँग अभ्यस्त हुन थालेकाले बैंकहरूले पनि प्रविधिमा आधारित ‘प्रडक्ट’ थपिरहेका छन। डिजिटल भुक्तानी सेवा प्रदायक (पीएसपी) जस्ता साना फिनटेक कम्पनीहरुले पनि ग्रामीणसम्मै पुग्ने गरी आधारभुत डिजिटल सेवाहरु दिइरहेका छन । यस्तै कम्पनीहरुको भीडमा ‘खल्ती डिजिटल वालेट’ ले पनि आफ्ना सेवाहरु विस्तार गर्दै डिजिटल प्रणालीको विकासमा उल्लेखीय योगदान गरीरहेको छ । यसै विषयमा आधारित रहेर भर्खरै मात्र खल्तीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रुपमा पदभार ग्रहण गरेका विनय खड्काले अब खल्तीलाई कसरी अगाडी बढाउने रणनितिमा छन ? तिब्र गतीमा फैलिरहेका डिजिटल प्रणालीको विकासलाई उनले कसरी बुझेका छन ? र खल्तीलाई थप सुविधा र सहजताका साथ व्यक्तिगत वित्तीय व्यवस्थापन ‘प्लेटफर्म’ मा कसरी परिणत गर्ने योजनमा छन उनी ? लगायतका विषयमा खल्तीका सिईओ खड्कासँग बैंकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीः 

बैंकिङ्ग क्षेत्रको राम्रो अनुभव पछि फिन–टेक क्षेत्रमा आउँदा कस्तो महशुस गर्नुभएको छ ?

अहिले सम्मको अनुभवमा दुवै क्षेत्र एकै किसीमको नै हो भन्दा फरक नपर्ला । बैंकिङ्ग क्षेत्र मुल रुपमा निक्षेप संकलन र कर्जा प्रवाहमा बढि केन्द्रित हुन्छ भने यता अलिक फरक प्रकृतिको काम हुन्छ । हुन त मैले बैंकिङ्गमा पनि डिजिटल डोमेन सम्हालेको थिए र यो पनि डिजिटल डोमेनकै क्षेत्र भएको हुनाले व्यक्तीगत रुपमा मलाई त्यती धेरै फरक भने लागेको छैन । एनआईसी एसीया बैंकमा काम गर्दै गर्दा मैले एउटा विभाग हेर्थे भने खल्तीमा आएपछि सम्पूर्ण कम्पनीको नेतृत्व सम्हालेको छु । अहिले सम्मको अनुभवलाई मैले सरल र सवल नै  मानेको छु ।

 

बैंकिङ्ग क्षेत्रको अनुभव पछि खल्तीमा आउदा कस्तो महशुस गर्नु भएको छ ? विनय खड्का प्रमुख कार्यकारी अधिकृत (सिईओ), खल्ती

Posted by Bankingsamachar on Tuesday, December 28, 2021

बैंकको राम्रै जागिर हुँदा–हुँदै पनि के कुराले खल्तीमा आउन प्रेरित गर्यो ?
खासमा मेरो आफ्नो करियरमा अघि बढ्ने आकांक्षाले नै हो । जब मैले चाटर्ड एकाउन्टेन्सी पास गरेँ, तब म सँग दुई वटा विकल्प थिए । कि लेखापरिक्षण (अडिट) अभ्यास गर्ने, कि त सेवामा लागेर जागिर गर्ने । त्यसबखत नै मैले सेवामा लाग्ने निर्णय गरँे । सबै मान्छे सेवामा लागेपछि कुनै न कुनै संस्थाको नेतृत्वदायी (लिडरसिप) भूमिकामा पुग्ने इच्छा राख्दछन । हो मैले पनि सोही आकंक्षालाई पुरा गर्न यहाँसम्म आइपुगे । अन्य कुनै संस्थामा धेरै समय लाग्न सक्थ्यो । तर यहाँ समयसापक्ष छिटो मिल्यो । यो क्षेत्र आफैमा नयाँ छ ।  यसले मलाई आफ्नो उद्देश्य पुरा गर्ने मौका दियो । त्यसैले म आज यहाँ छु । 

खल्ती सुरु भएको ५ वर्ष पुगिसकोको छ । हालसम्म खल्तीका ग्राहक/प्रयोगकर्ताहरु कति पुगे ? 

हालसम्म दर्ता भएका प्रत्यक्ष ग्राहकहरु २० लाख माथि छन् । त्यसमा १५–२० प्रतिशत मासिकरुपमा सक्रिय छन । अप्रत्यक्ष  ग्राहकहरु जसले ग्रमिण भेगमा हाम्रा करिब ३० हजार एजेन्ट मार्फत सेवा लिइरहेका छन । यस्तो सेवा लिनेहरुको संख्या पनि १० लाखको  हारहारिमा छ । यो कम्पनी अहिले डिजीटल वालेट मात्र नभएर रेमिट्येन्सको लाईसेन्स पनि लिएको छ । यसमा पनि थुप्रै ग्राहक तथा साझेदारहरु छन । अन्य सेवामा हाम्रो आफ्नै सेवा केन्द्र पनि छ । यसमार्फत पनि विभिन्न नयाँ आएका वालेटहरुलाई ‘ह्वाइट लेवल सोलुसन’ प्रदान गर्दछौ । यहाँबाट पनि हामी लाखौं ग्राहकसँग पुगिरहेका छौँ ।

अहिले बैंकहरुका आफ्नै मोवाईल एपहरु छन् । उनीहरुले दिने सेवा र तपाईहरुले दिने सेवा उस्तै–उस्तै छन् । यस्तो प्रतिस्पर्धामा कसरी अगाडी बढ्ने रणनितिमा हुनुहुन्छ ? 

मुख्यतःहामी के कुरामा प्रतिपर्धा गर्ने भन्ने हो । अहिले नेपालमा खुद्रा आर्थिक गतिविधि ६/७ प्रतिशत पनि ‘डिजिटलाईज’ भएको छैन ।  सबैले यसैमा प्रतिस्र्पधा गर्ने भन्दा पनि ’ब्लु ओसिएन मार्केट’मा गएर नयाँ ग्राहकहरु प्राप्त गर्नेतर्फ लाग्नु पर्दछ । यसमा प्रतिस्पर्धाको अस्तित्व कम भएर जान्छ र सबैलाई पर्याप्त अवसरहरु रहन्छन भन्ने हामी सबैलाई लागेको छ । त्यसैले हामी त्यसतर्फ बढि अग्रसर भइरहेका छौँ । बजारमा खल्तीलाई ‘लिडिङ’ फिनटेक कम्पनीको रुपमा चिनाउने उद्देश्यकासाथ काम गर्ने हाम्रो योजना छ । हामीले बजारलाई प्रभाव गर्नेगरी नै टिम बनाउँदै छौं । 

सकेसम्म ‘फाइनन्सियल इन्क्लुजन’लाई बढाउने हिसाबले नेपालको सबै ठाउँमा हामी पुग्दैछौँ । खल्ती आफैमा ‘इनोभेटिभ फिनटेक हब’ भएकाले यसलाई ‘युटिलिटी र मर्चेन्ट पेमेन्ट’मात्र नभएर अन्य विधामा पनि हामी यसलाई विस्तार गर्दैछौँ ।
यस्तो प्रतिस्र्पधामक बजारमा ग्राहकहरुले खल्ती नै किन प्रयाग गर्ने ?

मुख्यतः सहजता र सुविधाको लागि नै ग्राहकहरुले यसको प्रयोग गर्ने हो । यद्यपी, सुरक्षा र प्रयोगकर्ताको अनुभवको कुरा पनि यसैमा जोडिएर आउँछ । यस्ता सबै विषयहरु खल्तीको मुल मान्यतामा छन्।  यसले नै खल्तीले आफुलाई थप अग्रणी बनाएको छ । प्राविधिकहरुले पनि खल्तीको प्रविधिलाई अब्बल मानेका छन् । जुन प्लाटर्फममा ‘गुगल पे’ बनेको छ खल्तीले पनि सोही प्रविधिको प्रयोग गरेको छ ।  अन्य वालेटहरु १० बर्ष अघिको प्रविधिमा चलेका छन् भने खल्तीले अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको छ । त्यसकारण सुविधा, सरलता र सुरक्षाको हिसाबले हामी फरक र अब्बल छौँ । 

के खल्तीका ग्राहकहरु पूर्णरुपमा सुरक्षित छन् त ?

कुनै राम्रो कुराको पछाडी कुनै न कुनै समस्या अथवा बाध्यता पनि लुकेको छ । हामीलाई सुरक्षीत पनि चाहिएको छ अनि सरल पनि । हुन त हामीले घरमा राखेको पैसाको पनि पूर्ण सुरक्षित छ भनेर भन्न सक्दैनौं । यद्यपी, डिजिटल कारोबार गर्ने भनेपछि यसको सुरक्षामा गम्भीर हुनैपर्छ । यसो भन्दै गर्दा डिजिटल वा अनलाइन पेमेन्ट प्रणालीमा नगई पनि भएको छैन । प्रणाली विकाससँगै समाधानका उपाय पनि खोजिएका हुन्छन् । हामीले नेपालमा विश्वमा नै सुरक्षित मानिएको प्रविधि प्रयोग गरेका छौं ।  आर्थिक कारोबार सम्बन्धित भएपछि विभिन्न सुरक्षा मापदण्ड अबलम्बन गर्नु आधारभुत कुरा पनि हो । एउटा सुरक्षा मापदण्ड हाम्रो नियामक नेपाल राष्ट्र बैंकले तोकेको छ र यसको पालना सबैले गर्नैपर्छ । यो भयो नियमनकारी निकायबाट आएको निर्देशनको पालना गर्ने कुरा । यसको अतिरिक्त सुरक्षा मापदण्डमा खल्तील ‘फ्लटर’ प्रविधिको पनि प्रयोग गरेको छ । यसकारण, पनि भन्न सकिन्छ खल्तीका ग्राहकहरु पूर्णरुपमा सुरक्षीत छन । 
नोटरहित समाज निमार्ण अर्थात सम्पूर्ण जनताले डिजिटल वालेटकै माध्यमबाट कारोबार गर्ने वातावारण कत्तिको सम्भव होला ? ठ्याक्कै यकिन गर्न सकिन्छ त ? 

 

के खल्तीका प्रयोगकर्ताहरु पूर्णरुपमा सुरक्षित छन् त ? विनय खड्का प्रमुख कार्यकारी अधिकृत (सिईओ), खल्ती

Posted by Bankingsamachar on Saturday, January 1, 2022

 

यतीबेला समाजमा यस्ता परिर्वतनहरु देखिन थालेका छन । अझ यसलाई आवश्यक पर्ने महत्वपूर्ण उपकरण ‘स्मार्ट फोन’ जनताका हातमै पुगेका छन । प्रविधिको प्रयोग पनि बढेको छ । विशेषगरी कोभिडका कारण पनि यसको उपलब्धता बढ्दो छ । नयाँ डिजिटल प्रोडक्टहरुको प्रयोगलाई कसरी थप सार्थकता दिने भन्नेतर्फ हामी अग्रसर छौँ । वर्तमान अवस्थामा वालेट तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता १.५ करोडको हारहारिमा छन् । यस्तो तथ्याङकले पनि भाविष्यमा नगदरहित कारोबार नहोला भन्न सकिन्न । यद्यपी पूर्णरुपमा नगदरहित कारोबार हुन्छ भनेर ठ्याक्कै यकिन गर्न सकिने अवस्था भने बनिसकेको छैन । यसलाई आवश्यकता पर्ने  पुर्वाधार नेपालमा विकास भइसकेको छैन । तर हामी जस्ता कम्पनीहरुले दुरदर्शी भएर लगानी गरेमा अधिक्तम खुद्रा आर्थिक कारोबारलाई  डिजिटल प्रणालीमा ल्याउन सकिन्छ भन्ने लागेको छ । 

नयाँ–नयाँ डिजिटल प्रोडक्टहरुको प्रयोगका लागि वित्तिय ज्ञान अपरिहार्य छ । नेपाली समाजमा तपाईले वित्तिय ज्ञानको अभाव कत्तिको महशुस गर्नुभएको छ ? 

वित्तीय पहुँच र त्यसमा वित्तीय सस्थांहरुले दिने प्रवाभकारी सेवाले मात्र डिजिटल सेवा विस्तार गर्न सकिन्छ ।  त्यसको लागि डिजिटल बैकिङ्गको प्रयोगका बारेमा आम ग्राहकहरुलाई हातै समाएर सिकाउनुपर्ने अवस्था छ । वित्तीय साक्षरतामार्फत डिजिटल बैकिङ्गमा प्रयोग हुने प्रविधिका उपकरणहरुको प्रयोग गर्ने तरिका र त्यसबाट हुने लाभ बारेमा जनसमुदायमा ठूलो शिक्षा दिने गर्छ। वित्तीय साक्षरतामार्फत नै समुदायमा पैसाको महत्व, त्यसको सदुपयोग र बचत मात्रै नभई डिजिटल प्रणालिका बारेमा समेत ज्ञान प्रदान गर्न सक्दछ ।  वित्तिय ज्ञान प्रदानको लागि जनसमुदायमा थुप्रै ज्ञान प्रदान गर्ने कार्यहरु गर्नुपर्दछ । डिजिटल बैकिङ्गको प्रयोग र प्रोत्सानको लागि हरेक व्यक्ति, परिवार, समुदाय सबैलाई एकिकृत ज्ञान प्रदान गर्नमा हामी सबै लाग्नुपर्दछ ।

 

नेपालमा वित्तीय ज्ञानको अभाव कत्तिको महशुस गर्नु भएको छ ? विनय खड्का प्रमुख कार्यकारी अधिकृत (सिईओ), खल्ती

Posted by Bankingsamachar on Thursday, January 6, 2022

अहिले मानिसहरु सँग जती वित्तीय ज्ञान छ त्यो सबै आफ्नै परिवारका सदस्यबाट वा आफ्नो व्यक्तिगत वित्तीय योजनाहरु बनाउँदा स्वतः सिकेका हुन् । वित्तीय ज्ञान स्कुल, कलेजहरुमा नै पढाइने व्यवस्था हुनुपर्दछ । उदाहरणको वित्तीय योजना भनेको के हो ? लगानी कसरी गर्ने ? के मा गर्ने ? शेयर बजार भनेको के हो ? डिजिटल भुक्तानी भनेको के हो ? यसबाट कसरी समय र पैसाको बचत गर्न सकिन्छ तथा यसको सुरक्षित प्रयोग कसरी गर्ने ?  ‘ओटिपी’ तथा अन्य कुनै पासवोर्ड अरुलाई साझा गर्नु हुदैन भन्ने  जस्ता अत्यन्तै सम्वेदशील विषयहरु विद्यालयका पाठ्यक्रमहरुमा समावेश गरिएकै छैन । हाम्रा पाठ्यक्रमहरुलाई अपडेट नगरी अझै पनि उही ३० वर्ष पहिलेको सैद्धान्तिक कुरामा मात्रै आधारीत छ । अब यतीले मात्रै पुग्दैन । वित्तिय ज्ञान, उपकरणहरुको प्रयोग र कानुनी व्यवस्थाका विषहरुलाई पनि पाठ्यक्रममा समावेश गराउनुपर्छ । खल्तीले पनि विभिन्न डिजिटल माध्यमबाट वित्तिय ज्ञान प्रवाह गर्ने काम गरिरहेको छ । यसबाट केही राम्रा प्रभावहरु पनि बजारमा दखिन थालेका छन् । 

अन्तमाः खल्तीका आम ग्राहकहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?

खल्ती एउटा स्वदेशी ब्राण्ड नेपालमै केहि गरौ भनेर ४ जना सह–संथापक वा लगानिकर्ताबाट सुरु भएको संस्था हो । हाम्रो मुख्य लक्ष्य तथा उद्देश्य आर्थिक समावेशीकरण नै हो । नेपालको दुर–दराज सम्म डिजिटल कारोवारको सेवा पुर्याउने हाम्रो मुख्य उदेश्य हो । हामी ग्राहकको सुविधाको लागि नयाँ–नयाँ सुविधा तथा विशेषताहरु थप्दै गइरहेका छौ । खल्ती अलिक फरक र अब्बल पनि छ । त्यसैले म सबैलाई एक पटक खल्ती चलाएर हेर्नुस् भन्छु । हामी थुप्रै सुविधाहरु ग्राहकहरुको लागि थप्दै जानेछौँ र सरल अनि सवल सेवा दिनेछौँ भन्ने प्रतिवद्धता व्यक्त गर्दछु । 

के हो खल्ती ? 
खल्ती डिजिटल वालेट एक पेमेन्ट गेटवे हो । जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज र सरल गर्नु हो । ‘खल्ती’ को प्रयोग गरी ६० भन्दा धेरै बैंकमा पैसा पठाउन सकिन्छ। त्यस्तै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ्ग गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथै भुक्तानीमा पाइने क्यासब्याकको फाइदा समेत ग्राहकले लिन सक्ने छन्। ‘खल्ती’ का प्रयोगकर्ताहरुको संख्या २० लाखभन्दा बढी रहेको कम्पनीको दावी छ ।

\"\"