बैंक संचालकहरुद्धारा एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने निर्णय

बैंक संचालकहरुद्धारा एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने निर्णय


बैकिङ्ग समाचार ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले साना तथम मझैला उद्यमीहरुलाई कर्जातर्फ १ प्रतिशत व्याज घटाउने भएको छ ।
 संघले गरेको निर्णय अनुसार बाणिज्य बैंकहरुले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) लाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत र विकास बैंकहरुले ४० लाख रुपैयाँसम्मको तथा फाइनान्स कम्पनीहरुले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने सहमति भएको छ ।

 त्यसैगरी संघले भुक्तान हुन बाँकी बैशाख मसान्त सम्मको कर्जा व्याजमा १० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । तर यस्तो रकम बैशाख मसान्त सम्म भुक्तानी गरीसक्नुपर्नेहुन्छ । 

संघका अनुसार बैंक तथा वित्तीय संस्थाका नियमित ग्राहकहरुले वैशाख मसान्तसम्ममा चुक्ता गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, साँवा र ब्याज बैशाख मसान्तसम्म भुक्तानी गरेमा तिर्न बाँकी रहेको वक्यौताको साधारण व्याजको १० प्रतिशतव्याज छुट गर्ने निर्णय गरेको छ । 

साथै व्याजको जरिवानामा शतप्रतिशत रकम छुट प्रदान गर्ने निर्णय पनि गरेको छ । 

संघले उक्त सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालू पुँजी कर्जा तथा बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका उपाध्याक्ष्य तथा प्रबक्ता भोजबहादुर शाहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

संघले बैंकिङ क्षेत्रको प्रशाशनिक तथा कर्मचारी खर्चमा सकेसम्म कम गर्ने निर्णय पनि गरेको छ ।