बैंकिङ्ग समाचार, काठमाडौं ।
कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ ।
गिरावट आएको बजारमा आज अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २८ करोड ११ लाख ३९ हजार १ सय ३१ रूपैयाँको कारोबार भएको छ ।
त्यस्तै, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अरुण भ्याली हाइड्रोपावर, नेपाल टेलिकम, आइएमई जनरल इन्स्योरेन्स, हिमालयन डिष्टिलरी लिमिटेड, एनआसी एशिया बैंक, अपर तामाकोशी हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र प्रभु बैंक लिमिटेड रहेका छन् ।
प्रतिक्रिया