प्रविधिको प्रयोगले कोरोना नियन्त्रणमा सहजः चीन बन्यो उदाहरण 

प्रविधिको प्रयोगले कोरोना नियन्त्रणमा सहजः चीन बन्यो उदाहरण 


 बैकिङ्ग समाचार ।
चीनबाट फैलिएको कोरोना भाइरसका कारण यतीबेला विश्वभर महामारिका रुपमा फैलिएको छ । यसले गर्दा विश्वभर संकट पैदा भएको छ । लाखौ जनताको ज्यान लिएको यस्तो ज्यानमारा भाइरसबाट बच्नका लागि विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको छ । यसकारण विश्वभर थुप्रै मुलुकहरुमा दैनिक कामकाज र कारोबारहरु ठप्प छन् । नेपालमा पनि यसको प्रभाव बढेको छ । यसले गर्दा जनताले घरबाटै कामकाज गर्न सकुन भन्दै चीनले अनलाईन कारोबारलाई बढ्वा दिएको छ ।

यसकारण चीनका जनता यतीबेला क्यूआर कोडको प्रयोग गर्न थालेका छन् । कोरोना नियन्त्रणमा आइनैसकेको छ । फेरी यो हैन कि यसैको प्रयोगले मात्रै कोरोना नियन्त्रण भएको । तर यसको प्रयोगले केही हदसम्म जनताले सहज महुशुस गरेका छन् भने दैनिकका कारोबार घरबाट गर्ने भएकाले कोरोना नियन्त्रणमा सहयोग पुगरेको चीनीया समाचारमाध्यमले उल्लेख गरेका छन् । अब चीनमा दैनिक गतिविधि मोवाइलमा देखिने रङले नियन्त्रण गर्ने भएको छ । घरबाट बाहीर निस्कने, काममा जाने बाटो चयन गर्ने, क्याफे, रेष्टुरेन्ट र सपिङ मल लगायत प्रत्येक चाल मोवाइलमा देखिने रङका आधारमा हुन्छन् । यो कल्पना चीनमा भने लाखौं जनतामा सत्य भइसकेको छ ।

मोवाइल प्रविधि र ठुलो तथ्यांकमा आधारित भएर मानिसको चलायमान र कोरोना संक्रमण रोकथामका लागि चीन सरकारले रंङमा आधारित हेल्थ कोड प्रणाली प्रयोगमा ल्याएको छ ।
स्वत बन्ने कोडहरु क्यूआर कोड बनी मानिसको स्वास्थ्य अवस्था थाहा दिन प्रयोग हुन्छन् ।ल अधिकारीहरुले हेल्थ कोड अनिवार्य बनाउन बाँकी भएपनि कतिपय शहरमा नागरिकहरु एपबिना निवास छोड्न वा सार्वजनिक ठाउँमा जान पाउँदैनन् । महामारीलाई नियन्त्रण गर्न प्रविधिले अब महत्वपुर्ण भुमिका खेल्ने चीनका स्वाथ्य विज्ञ सिएनएनलाई बताएका छन । उनले कोरोना नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिंङ आवश्यक भएको र यस्तो शुरुवात विश्वका धेरै ठाउँमा भएको समेत उनले प्रष्ट पारे ।

चीन सरकारले देशमा रहेका दुईवटा इन्टरनेट जाइन्टस अलिबाबा र टेन्सेन्टलाई सहयोगीको सुची राखेको छ । उनीहरुले लोकप्रिय स्मार्ट एप्समा हेल्ग कोड होस्ट गर्नेछन । अलिबाबाको मोवाइल पेमेन्ट एप अलिपे र टेन्सेन्टको म्यासेजिंङ एप विच्याट चीनमा निकै लोकप्रिय र प्रयोगमा छन् । यी प्लेटफर्ममा कोड राखेपछि धेरैकोमा सजिलै पहुँच पुग्छ ।
अलिबाबा रहेको ह्याङजाउ कुन नागरिक क्वारेन्टाइन जाने भन्ने विषयमा हेल्थ कोड प्रयोगमा ल्याउने पहिलो शहर हो । यो सिस्टम फेब्रुअरी ११ मा अलिपे ले सार्वजनिक गरेको थियो ।

हेल्थ कोड पाउनका लागि नागरिकहरुले आफ्नो नाम, नेशनल आइडेन्टीटी नम्वर वा पासपोर्ट नम्बर, फोन नम्बर साइन अप पेजमा भर्नुपर्छ ।
त्यसपछि उनीहरुलाई आफ्नो ट्राभल हिस्ट्री र कोरोना संक्रमितसँग विगत १४ दिनभित्र सम्पर्कमा आएको नआएको बारे सोधिन्छ । उनीहरुलाई कोरोनाका कुनै लक्षण भए नभएको पुष्टि गर्नका लागि कोठाहरुमा टिक लगाउन लगाइन्छ ।

सबै सूचना भेरिफाइ भएपछि प्रत्येक प्रयोगकर्तालाई रेड, पहेलो वा हरियो रंङमा क्यूआर आर कोड दिइन्छ । रातो कोड पाएका प्रयोगकर्ताहरु सरकारको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा १४ दिन जानुपर्छ । पहेँलो रङको क्यूआर कोड भएकालाई ७ दिनका लागि क्वारेन्टाइनमा राखिन्छ भने हरियो रङको कोड भएकाहरु शहरमा निष्फिक्रि हिड्न पाउने ह्याङजाउ शहरका अधिकारीहरुले सिएनएनसँगको कुराकानीमा बताएका छन् ।

 कोडले मानिसहरुको सार्वजनिक ठाउँमा हुने घुमघामलाई पनि ट्रयाक गर्न सहयोग पुर्याउँछ । क्वीआर कोड भएका मानिसहरु सार्वजनिक ठाउँमा जादा कोड स्क्यान गरिन्छ ।
कुनै मानिसमा संक्रमण पुष्टि भएमा संक्रमित व्यक्ति पुगेको ठाउँ र उसको सम्पर्कमा आएका मानिसहरुको पहिचान गर्न निकै सहज हुन्छ । अलिपेमा हेल्थ कोड विकाससँग नजिक रहेर काम गरेका एक व्यक्तिले सिएनएसँग भनेका छन( यो प्रक्रिया चीन सरकारले विकास गरी सञ्चालनमा ल्याएको हो । अलिपेले प्लेटफर्म र प्राविधिक सहयोग मात्र गर्छ ।

टेनसेन्टले पनि वीच्याटमा यस्तै क्वीआर कोड प्रणाली विकास गरेको छ । टेनसेन्टले फेब्रुअरीको शुरुमै सेन्जेन शहरमा यो प्रणाली प्रयोगमा ल्याएको थियो ।

यो प्रविधि सार्वजनिक भएको एक हप्ताभित्रै अलिपे हेल्थ कोडहरु एक सय भन्दा धेरै शहरमा रोल आउट गरिएको थियो । समाचार एजेन्सी सिनुवाका अनुसार फेबु्रअरी १५मा स्टेट काउन्सिलले अलिपेलाई हेल्थ कोडको विकास र रोल आउट एकदम दु्रत गतिमा गरी राष्ट्रव्यापी बनाउन निर्देशन दिएको थियो ।

फेबु्रअरीको अन्त्यसम्ममा २ सय भन्दा धेरै शहरहरुले कोड प्राप्त गरेको अलिपेले जनाएको छ ।  त्यसैगरी टेनसेन्टले तयार गरेका कोड सिस्टम पनि ३ सयभन्द धेरै शहरमा पुगिसकेको छ । यहि मार्च १ मा बेइजिङले तीन रङमा आधारित क्वीआर कोड भर्सन सार्वजनिक गरेको थियो । बेइजिङमा सार्व्ज्निक गरिएका उक्त कोडहरु अलिपे र वीच्याट दुबैमा उपलब्ध छन ।
मार्च १० मा उक्त राज्यले राज्यभित्र यात्रा गर्न चाहानेहरुलाई हेल्थ कोड प्रदान गरेको थियो ।