कोरोना रोकथाममा खटिँदा मृत्यु भएमा १० लाख रुपैंयाँ दिने घोषणा

कोरोना रोकथाममा खटिँदा मृत्यु भएमा १० लाख रुपैंयाँ दिने घोषणा


बैकिङ्ग समाचार । 
हलेसी तुवाचुङ नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई १० लाख रुपैंयाँ दिने निर्णय गरिएको छ ।

नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई प्रोत्साहन भत्ता सम्वन्धी कार्यविधि तयार पारेर प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख राईले वताउनुभयो ।कोरोना रोकथाम तथा व्यवस्थापनका लागि हलेसी तुवाचुङ नगरपालिकाले बजेट रकमान्तर गरेर नगर स्तरीय विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस नियन्त्रण, राहत वितरण तथा क्वारेन्टाईन सञ्चालन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदका लागि बजेट नभएकाले अन्य शीर्षकको बजेट कोषमा जम्मा गरेर खर्च गर्ने तयारी गरिएको हो ।

मर्मत सम्भार कोषबाट १ लाख ५० हजार, मेलमिलाप केन्द्रको ४ लाख र महिला सहकारी भवनको १० लाख बजेट रकमान्तर गर्ने निर्णय गरिएको नगर प्रमुख राईको भनाई छ । मर्मत सम्भारको स्वास्थ्य सामग्री खरिद, मेलमिलाप केन्द्रको क्वारेन्टाइन सञ्चालन तथा महिला सहकारी भवनको वजेट राहत वितरणमा खर्चगरिने नगरपालिकाले जनाएको छ ।

बैठकले अन्यत्रबाट घर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राख्न वडास्तरीय समन्वय समितिलाई जिम्मेवारी दिने, चैत १ गतेदेखि यता घर आएका स्थानीयलार्ई ¥यापिड डाइग्नोस्टिक टेष्टका लागि स्वास्थ्यचौकी महादेवस्थानमा भेला गराउन समन्वय गर्ने लगायतका निर्णय गरेको छ ।