कोरोना रोकथामका लागि सूर्या लाइफले दियो साढे ७ लाख

कोरोना रोकथामका लागि सूर्या लाइफले दियो साढे ७ लाख


सूर्या लाइफ इन्स्योरेन्सले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि साढे ७ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणको साथै उपचारका लागि देशब्यापी अभियानमा सहयोग पु¥याउने उद्देश्यले कोषमा उक्त रकम जम्मा गरेको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको नोवल कोरोना भाईरसको महामारीबाट हाल विश्व अक्रान्त भैरहेको अवस्था छ । नेपाल लगायत विश्वका २०० भन्दा बढी देशहरुमा यसको संक्रमण फैलिसकेको अवस्था छ ।

यस महामारीबाट हालसम्म विश्वका २० लाख भन्दा बढी मानिसहरु संक्रमित भएका र १ लाख ५४ हजारभन्दा बढी मानिसको मृत्यू भैसकेको अवस्था विद्यमान छ । र, यो संख्या दिनप्रति दिन बढनेक्रम जारी छ ।