कोरोनाको महामारीमा एनआईसी एसिया बैंकले दियो ऋणीलाई सहुलियत

कोरोनाको महामारीमा एनआईसी एसिया बैंकले दियो ऋणीलाई सहुलियत


बैकिङ्ग समाचार । 

 एनआईसी एसिया बैंकले ऋणीहरुलाई सहुलियत दिएको छ । कोरोना भाइरसको महामारीका कारण परेको असरले गर्दा राष्ट्र बैंकको निर्देशन अनुसार चैतमा ऋण तिर्ने ऋणीलाई १० प्रतिशत रकम फिर्ता गरेको हो ।

मुलुकमा लकडाउन घोषणा भएपछि उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्र प्रभावित भएको थियो । यस्तो अवस्थामा बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशन अनुसार २०७६ चैत्र मसान्तभित्र किस्ता बुझाउने ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट प्रदान गरेको हो ।

बैंकबाट कर्जा लिएका सम्पूर्ण ग्राहकले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा बुझाएको साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिने उल्लेख छ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बैंकको भनाइ छ । 

छुट रकम २०७७ जेष्ठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिने तर यसरी ब्याज छुट दिँदा छुट पश्चात ग्राहकले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम नहुने बैंकको भनाइ छ ।