बैंकिङ्ग समाचार, काठमाडौं ।
पुस १६ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंक, नबिल बैंक, हिमालयन डिष्टिलरी, गुडविल फाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले नबिल बैंकको ३३.६० प्रतिशत, हिमालयन डिष्टिलरीको ७५ प्रतिशत, गुडविल फाइनान्सको ९.१० प्रतिशत, फरवार्ड लघुवित्तको ३५ प्रतिशत र कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात नबिल बैंकको शेयरमूल्य १ हजार ८५ रुपैयाँ ३३ पैसा, हिमालयन डिष्टिलरीको ३ हजार ९२५ रुपैयाँ ७१ पैसा, गुडविल फाइनान्सको ५३३ रुपैयाँ ४६ पैसा, फरवार्ड लघुवित्तको १ हजार ९६२ रुपैयाँ ९६ पैसा र कृषि विकास बैंकको ४१० रुपैयाँ कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार नबिल बैंकको शेयर दोस्रो बजारमा प्रतिकित्ता १ हजार ४५० रुपैयाँ, हिमालयन डिष्लिरीको ६ हजार ८७० रुपैयाँ, गुडविल फाइनान्सको ५८२ रुपैयाँ, फरवार्ड लघुवित्तको २ हजार ६५० रुपैयाँ र कृषि विकास बैंकको ४९२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
आइतबार यही समायोजित मूल्यका आधारमा दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
प्रतिक्रिया