यो साता उतारचढाव भईरहेको नेप्से आज ५.५१ अकंले बढ्यो , कारोबार रकममा पनि वृद्धि

यो साता उतारचढाव भईरहेको नेप्से आज ५.५१ अकंले बढ्यो , कारोबार रकममा पनि वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारका चौथो दिन आज बुधबार ५.५१ अंकको वृद्धि भएको छ ।  आज नेप्से ५.५१ अंकले बढेर दुई हजार पाँच सय २४ दशमलब ५० विन्दुमा पुगेको हो । मंगलबार नेप्से २.६६ अंकले घटेर दुई हजार पाँच सय १८ दशमलब ९९ विन्दुमा पुगेको थियो । 

त्यस्तै, कोरोबार रकममा भने बृद्धि भएको छ । आज ३ अर्ब ६२ करोड ३४ लाख बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब १२ करोड ५५ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत र नेपाल बंगलादेश बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् । 

त्यस्तै, आज नारायष्णी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्स  शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलीटर लिमिटेडको भएको छ । यस कम्पनीको आज ५२ करोड ५५ लाख भन्दा बढीको कारोबार भएको छ ।