बीमा समितिद्धारा कोभिड-१९ बीमालेख जारी, दुई योजना सार्वजनिक

बीमा समितिद्धारा कोभिड-१९ बीमालेख जारी, दुई योजना सार्वजनिक


बैकिङ्ग समाचार ।

विश्वभर माहामारीको रुप लिएको कोभिड १९ को संक्रमण नेपालमा समेत फैलन थालेपनि बीमा क्षेत्रको नियामकिय निकाय बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बाट हुने रोगको रक्षावरण हुने गरी नयाँ बीमालेख जारी गरेको छ।

समितिले आज (बैशाख ४ गते) बिहीबार एक विज्ञप्ती जारी गर्दै कोभिड १९ बाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न दुई वटा बीमा लोख जारी गरेको छ ।

समितिले क र ख श्रेणी गरेर एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको अलग अलग बीमालेख जारी गरेको छ। एक लाख रुपैयाँको बीमा गर्न एक हजार रुपैयाँ तथा ५० हजारको बीमा गर्न ५ सय रुपैयाँ लाग्न व्यवस्था गरिएको छ।

क श्रेणीको अर्थात एक लाख रुपैयाँ बराबरको व्यक्तिगत बीमा गर्दा प्रति व्यक्ति एक हजार रुपैयाँ र सम्पुर्ण परिवारको सदस्यको समेत समावेश गरेमा प्रतिव्यक्ति थप ६ सय रुपैयाँ बीमा शुल्क कायम गरिएको बीमा समितिले जनाएको छ।

यस्तै ख श्रोणी अर्थात ५० हजार रुपैयाँ कुल बीमांक रकमको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारको सम्पुर्ण सदस्यको बीमा गर्दा ३ सय रुपैयाँ बीमा शुल्क कायम गरिएको छ।

बीमा समितिले कोरोना लागेको पिसिआर परीक्षणमा पोजेटिभ देखिने वित्तीकै बीमा दाबी भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ । दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटीभ हुन साथ दाबी गर्न सकिनेछ।

\"\"