नेपाल, बंगलादेश, श्रीलंका र भुटानसहित सातवटा मुलुक आर्थिक संकटको सूचिमा

नेपाल, बंगलादेश, श्रीलंका र भुटानसहित सातवटा मुलुक आर्थिक संकटको सूचिमा


बैकिङ्ग समाचार । 

विश्व अर्थतन्त्र ओरालो लाग्दै गर्दा नेपाल सहितका केही देशहरुको अर्थतन्त्रमा बढी धक्का लाग्ने निश्चित देखिएको छ । विभिन्न अध्ययनहरुले यस्तो अबस्था देखाएका छन् । विश्व बैंकले कोरोना भाइरस महामारीका कारण चालू आर्थिक वर्षमा नेपाल लगायत दक्षिण एशियाका देशहरूमा आर्थिक मन्दी आउने बताएको छ । यी देशहरुको अबस्था खराव हुने उल्लेख छ । यसले विगत ३० बर्षको रेकर्ड तोड्ने बताइएको छ ।

 विश्व बैंकले दक्षिण एशियाको अर्थव्यवस्थामा आधारित एक रिपोर्टमा दक्षिण एसियाका आठ देशहरूमा अर्थतन्त्र कम्जोर हुने विश्लेषण गरेको छ । ६ महिना अघि ६.३ प्रतिशत अनुमान गरिएको आर्थिक बृद्धिदर विस्तारै १.८ प्रतिशत देखि २.८ प्रतिशतमा झरेको छ । यो अबस्था लम्विदै गए अर्थतन्त्र माइनसतिर जाने छ । कोरोना संकटको कारण श्रीलंका, नेपाल, भुटान र बंगलादेशको आर्थिक स्थिति सबैभन्दा बढी कम्जोर हुनेछन् । विश्व बैंकको रिपोर्टले गरेको अध्यनमा पाकिस्तान, अफगानिस्तान र माल्दिभ्समा थप मन्दी आउने देखिएको छ । विश्व बैंकले यो रिपोर्ट सबै देशहरूको ७ अप्रिल सम्मको डाटामा आधारित रहेको उल्लेख गरेको छ । रिपोर्ट अनुसार कोरोना संक्रमण रोक्नका लागि गरिएका उपायहरूले दक्षिण एशियाभरि आपूर्ति श्रृंखलामा असर पारेको छ । विश्व बैंकको रिपोर्टले बैंक तथा वित्तीय संस्थाहरुको भूमिका यस्तो बेला महत्वपूर्ण हुने उल्लेख गरेको छ ।

 उसले सरकार र वित्तीय संस्थाको सहकार्यबाट मात्रै महामारिमा अर्थतन्त्र व्यूताउँन सकिने बताइएको छ । कोरोना प्रभावबाट आर्थिक प्रभावलाई कम गर्न विभिन्न राष्ट्रहरुले चालेको कदमहरु सकारात्मक रहेको उल्लेख छ । बेरोजगार आप्रवासी मजदुरहरूका लागि यस्तो बेला बढी महत्व दिनुपर्ने उसले बताएको छ । विभिन्न देशहरुले राहतका लागि प्याकेजहरु ल्याएकोले सहयोग हुने पनि बताइएको छ । भारत सरकारले लकडाउनबाट प्रभावितहरूलाई सहयोग र्पुयाउन १.७ करोडको राहत प्याकेज घोषणा गरेको छ । यसैगरी पाकिस्तानले ४५ हजार करोड रुपैयाँको प्याकेज घोषणा गरेको छ । 

विश्व बैंकका अधिकारी हर्त्विज शेफरले उक्त रिपोर्टमा दक्षिण एसियाका देशहरुका सरकारले भाइरसको संक्रमण रोकथाम गर्न र जनताको सुरक्षामा ध्यान केन्द्रित गर्नु पर्ने उल्लेख भएको बताएका छन् । अझ विशेष गरी यस्ता गरिब व्यक्तिलाई ध्यान दिनुपर्दछ जसको स्वास्थ्य र आर्थिक अवस्थाले महामारीलाई असर गरेको छ । जसमा भारत, श्रीलंका, बंगलादेश, भुटान, नेपाल, पाकिस्तान, माल्दिभ्स र दक्षिण एशियाको अफगानिस्तान समावेश छन् ।

उता एसियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरस बिरूद्ध लडिरहेक सदस्य राष्ट्रहरूका लागि वित्तीय प्याकेज तीन गुणा बढाएर २० अर्ब डलर पुर्याएको छ । एडीबीले सहायताको छिटो र उत्तम वितरणको सम्बन्धमा यसको कार्य सम्पादन सुधार गर्ने उपायहरुलाई अनुमोदन समेत गरीसकेको छ ।  एजेन्सीका अनुसार यस अघि मार्च १८ मा एडीबीले ६ं.५ अर्ब डलरको प्रारम्भिक प्याकेजको घोषणा गरेको थियो । 

पछि फेरी कोरोना भाइरस महामारीको कारणले विकासशील सदस्य देशहरूको स्वास्थ्य र समष्टि आर्थिक असरहरूको सामना गर्न सहयोग र्पुयाउनका लागि सहयोग गर्न थप १३.५ अर्ब डलरको घोषणा गरेको छ । यसमा २० अर्ब डलरको प्याकेजमा करिब २.५ अर्ब डलरको छुट तथा अनुदान पनि सामेल छ । एडीबीका अध्यक्ष मसात्सगु असकावाले विगतका वर्षहरुमा एशिया र प्रशान्त क्षेत्रमा भएको आर्थिक र सामाजिक विकासलाई महामारीले जोखिममा राखेको बताएका छन् ।

 उनका अनुसार यसले गरिबी निवारणको प्रगतिलाई उल्ट्याएको छ र अर्थव्यवस्थालाई मन्दीको दिशामा धकेलेको छ । उनले यस प्याकेजले विकासोन्मुख सदस्य देशहरुलाई महामारीको कारणले भएको चुनौती र आर्थिक क्षतीको सामना गर्न सहयोग पुर्याउँने अपेक्षा गरेका छन्