‘खस्किएको अर्थतन्त्र व्यूताउँन वित्तीय संस्था र सरकारको भूमिका महत्वपूर्ण’

 ‘खस्किएको अर्थतन्त्र व्यूताउँन वित्तीय संस्था र सरकारको भूमिका महत्वपूर्ण’


एजेन्सी । 
विश्व बैंकले हालको आर्थिक अवस्थालाई व्यूताउँन र अर्थतन्त्र संहाल्नका लागि बैंक तथा वित्तीय संस्थाहरु र सरकारको भूमिका महत्वपूर्ण हुने बताएको छ । उसले सरकार र वित्तीय संस्थाको सहकार्यबाट मात्रै महामारिमा अर्थतन्त्र व्यूताउँन सकिने बताइएको छ । कोरोना प्रभावबाट आर्थिक प्रभावलाई कम गर्न विभिन्न राष्ट्रहरुले चालेको कदमहरु सकारात्मक रहेको उल्लेख छ ।

बेरोजगार आप्रवासी मजदुरहरूका लागि यस्तो बेला बढी महत्व दिनुपर्ने उसले बताएको छ । विभिन्न देशहरुले राहतका लागि प्याकेजहरु ल्याएकोले सहयोग हुने पनि बताइएको छ । भारत सरकारले लकडाउनबाट प्रभावितहरूलाई सहयोग र्पुयाउन १।७ करोडको राहत प्याकेज घोषणा गरेको छ । यसैगरी पाकिस्तानले ४५ हजार करोड रुपैयाँको प्याकेज घोषणा गरेको छ । विश्व बैंकका अधिकारी हर्त्विज शेफरले उक्त रिपोर्टमा दक्षिण एसियाका देशहरुका सरकारले भाइरसको संक्रमण रोकथाम गर्न र जनताको सुरक्षामा ध्यान केन्द्रित गर्नु पर्ने उल्लेख भएको बताएका छन् ।

अर्थतन्त्रको खराव जोनमा सात राष्ट्रहरु

विश्व बैंकले कोरोना भाइरस महामारीका कारण चालू आर्थिक वर्षमा नेपाल लगायत दक्षिण एशियाका देशहरूमा आर्थिक मन्दी आउने बताएको छ । यी देशहरुको अबस्था खराव हुने उल्लेख छ । यसले विगत ३० बर्षको रेकर्ड तोड्ने बताइएको छ । विश्व बैंकले दक्षिण एशियाको अर्थव्यवस्थामा आधारित एक रिपोर्टमा दक्षिण एसियाका आठ देशहरूमा अर्थतन्त्र कम्जोर हुने विश्लेषण गरेको छ ।

६ महिना अघि ६.३ प्रतिशत अनुमान गरिएको आर्थिक बृद्धिदर विस्तारै १.८ प्रतिशत देखि २.८ प्रतिशतमा झरेको छ । यो अबस्था लम्विदै गए अर्थतन्त्र माइनसतिर जाने छ । कोरोना संकटको कारण श्रीलंका, नेपाल, भुटान र बंगलादेशको आर्थिक स्थिति सबैभन्दा बढी कम्जोर हुनेछन् । विश्व बैंकको रिपोर्टले गरेको अध्यनमा पाकिस्तान, अफगानिस्तान र माल्दिभ्समा थप मन्दी आउने देखिएको छ । विश्व बैंकले यो रिपोर्ट सबै देशहरूको ७ अप्रिल सम्मको डाटामा आधारित रहेको उल्लेख गरेको छ । रिपोर्ट अनुसार कोरोना संक्रमण रोक्नका लागि गरिएका उपायहरूले दक्षिण एशियाभरि आपूर्ति श्रृंखलामा असर पारेको छ ।