गभर्नर अधिकारीले हस्ताक्षर गरेको ५ र १० रुपैयाँको नोट बजारमा आउँदै

गभर्नर अधिकारीले हस्ताक्षर गरेको ५ र १० रुपैयाँको नोट बजारमा आउँदै


बैकिङ्ग समाचार ।

 नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको पहिलो नोट ५ र १० रुपैयाँको हुने भएको छ । उक्त नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पाेरेशनलाई दिइएको छ ।

नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नयाँ नोट ६४ करोड थान छाप्ने भएको हो । ५ रुपैयाँको ३० करोड थान र १० रुपैयाँको ३४ करोड थान नयाँ नोट छाप्ने भएको छ । नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ ।

राष्ट बैंकका अनुसार चाइन बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पाेरेशनलाई नयाँ नोट थाप्ने दिने निर्णय भएको छ । उक्त कम्पनीले नयाँ नोटको डिजाइन गर्नुका साथै छपाइ र आपूर्तिसमेत गराउने छ ।

राष्ट्र बैंकले ५ रुपैयाँ दरको नोट छाप्नका लागि ४३ लाख ९७ हजार ५०० अमेरिकी डलर र १० रुपैयाँ दरका नोट छाप्नका लागि ४१ लाख ४० हजार ४०० डलरमा जिम्मा दिइएको छ । यो नोटमा नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ । यो नै गभर्नर अधिकारीको हस्ताक्षर भएको पहिलो नोट हुनेछ ।