नेप्से परिसूचकको ओरालो यात्रा जारी

नेप्से परिसूचकको ओरालो यात्रा जारी


काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव १९ मा सीमित भएको छ । कुल ९८ लाख ६४ हजार चार सय ८२ कित्ता शेयर रु चार अर्ब २१ करोड ७४ लाख ९४ हजार एक सय ९५ मूल्यमा कारोबार भएको हो ।

नेप्सेका अनुसार नेपाल फाइनान्स, अप्पर लाहुरेखोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। मनकामना इन्जिनियरिङ नौ दशमलव ९८ र युनिलिभर नेपालका लगानीकर्ताले नौ दशमलव ५० प्रतिशतले कमाएका छन् ।

पोखरा फाइनान्स १०, कालिञ्चोक दर्शन सात दशमलव शून्य आठ, बाराही हाइड्रोपावर छ दशमलव ७४, नेपाल वेयरहाउस कम्पनी पाँच दशमलव ९६ र कालिका लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।