एकैदिन तोलामा ४५ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

'चाँदी तोलामा २५ रुपैयाँले घट्याे'


काठमाडौं – नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४५ सय रुपैयाँले घटेको हो।

यससँगै आज प्रतितोला सुन २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो। यससँगै आज चाँदी ४ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।