साताको शेयरमा ४ अंकको वृद्धि, खुम्चियो कारोबार रकम


काठमाडौं – यो साता शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ४ अंकले बढेर बन्द भएको हो। यससँगै कारोबार रकम भने घटेर साताभरमा जम्मा १५ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ।

यस साता ५ दिन शेयर कारोबार हुँदा दुई दिन बजार बढेको छ भने ३ दिन बजार घटेर बन्द भएको छ। साताको पहिलो कारोबारको दिन सोमबार नेप्से १६.५४ अंकले घटेर बजार २६ सय ३२ दशमलव ९२ को बिन्दुमा पुगेको थियो।

त्यस्तै, दोस्रो कारोबारको दिन मंगलबार नेप्से पुनः २४.६३ अंकको गिरावटसहित बजार २६ सय ८ दशमलव ३३ को बिन्दुमा झर्यो। त्यसैगरी, बुधबार भने नेप्से ४४‍‍.५९ अंकको वृद्धिसहित बजार २६ सय ५२ दशमलव ९३ को बिन्दुमा बन्द भयो।

यसैगरी, बिहीबार नेप्से ८.७८ अंकले बढेर बजार २६ सय ६१ दशमलव ७१ को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ८.३० अंकले घटेर बजार २६ सय ५३ दशमलव ४० को बिन्दुमा बन्द भयो।

कुन दिन कति कारोबार ?
सोमबारः २ अर्ब ५८ करोड
मंगलबारः ३ अर्ब ७ करोड
बुधबारः ३ अर्ब ५७ करोड
बिहिबारः ३ अर्ब ८ करोड
शुक्रबारः ३ अर्ब २६ करोड