२०८१/८२ को बजेटका पाँच उद्देश्य 

२०८१/८२ को बजेटका पाँच उद्देश्य 


काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पाँच वटा उद्देश्य रहेको बताए। आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट सङ्घीय संसद्को संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री पुनले पाँच उद्देश्य पेस गरेका हुन् ।

रोजगारी सिर्जना गर्नु, निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्दै आर्थिक क्रियाकलापलाई जोड दिनु, मानव संसाधनको विकास गर्नु, स्राेत र साधनको सही ढंगले परिचालित गर्नु र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको उनले बताए ।