काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न तहका १४२ पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।
बैंकले वरिष्ठ प्रबन्धक (तह ९), प्रबन्धक (तह ८), उपप्रबन्धक (तह ७) लगायत प्रशासन, कानुन, सूचना प्रविधि (आईटी), लेखा, कृषि, र इन्जिनियरिङ क्षेत्रका सहायक प्रबन्धक (तह ६) पदहरूमा कर्मचारी माग गरेको हो । त्यसैगरी, सातै प्रदेशका विभिन्न कार्यालयहरूका लागि वरिष्ठ सहायक (प्रशासन, कानुन, नगद र सूचना प्रविधि) तह ५ का पदहरूमा पनि उल्लेख्य संख्यामा दरखास्त खुलाइएको छ ।
इच्छुक तथा योग्य उम्मेदवारले आजदेखि साउन ७ गतेसम्म नियमित शुल्कमा आवेदन दिन सक्नेछन्।







About Us
प्रतिक्रिया