काठमाडौं – स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा ७ हजार २०० र चाँदी १६५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ६१५ कायम भएको छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ४५० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






About Us
प्रतिक्रिया