ब्रोकर नम्बर १० का प्रबन्ध निर्देशक ओलीको निधन

ब्रोकर नम्बर १० का प्रबन्ध निर्देशक ओलीको निधन


बैकिङ्ग समाचार ।

ब्रोकर नम्बर १०, प्रज्ञान सेक्यूरिटिजका प्रबन्ध निर्देशक प्रल्हाद कुमार ओलीको हृदयघातका कारण निधन भएको छ ।सुगर तथा मुटुरोगबाट ग्रसित ५५ वर्षीय ओलीको ह्याम्स अस्पतालमा निधन भएको हो । अस्पतालका अनुसार ‘हर्ट ब्लकेज’का कारण मंगलबार बिहान १० बजे ओलीको निधन भएको हो ।

एक छोरा र एक छोरी रहेका ओलीको यस अघि पनि ओपनहर्ट सर्जरी भइसकेको थियो । ओलीको स्वास्थ्यमा समस्या देखिए पछि आइतवार अस्पताल लगिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दाजु भाई खलका ओली २०६४ सालदेखि प्रज्ञान सेक्युरिटिजको सञ्चालक थिए। उनका छोरा अमेरिकामा रहेका कारण आउन नसक्ने भए पछि झापाबाट आफन्तहरु आए पछि बुधबार अन्त्येष्टि गरिने बताइएको छ ।