बैंक तथा वित्तीय संस्थालाई नियमित रिपोर्टिङ गर्न राष्ट्र बैंकको निर्देशन

बैंक तथा वित्तीय संस्थालाई नियमित रिपोर्टिङ गर्न राष्ट्र बैंकको निर्देशन


बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई लकडाउनपछि अबरुद्ध भएको ’रिपोर्टिङ’ पहिलेजस्तै नियमित गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले बुधबार बैक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी पूर्ववत रुपमा एकीकृत निर्देशन २०७६ बमोजिम नियमित रुपमा रिपोर्टिङ गर्ने गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

 

यसअघि गत चैत १२ गते राष्ट्र बैंकले नियमित हुने रिपोर्टिङ अवस्था सामान्य भइ कार्यालय नियमित रुपमा खुलेको सात दिनभित्र रिपोर्टिङ गर्न भनेको थियो। यसले बैंकिङ क्षेत्रमा के कस्तो भइरहेको छ भन्ने थाहा नै नहुने अवस्था आएपछि पहिलेजस्तै नियमित रिपोर्टिङ गर्न बुधबार साँझ निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ को प्रभाव मूल्याङ्कनरअध्ययन समेतको लागि वित्तीय क्षेत्रको तथ्याङ्कहरु नियमित उपलब्ध हुनु पर्ने हुँदा संक्रमणको जोखिमबाट सुरक्षित रहने उपाय अवलम्बन गरी नियमित रिपोर्टिङ गर्न बुधबार निर्देशन दिएको हो।