बैकिङ्ग सेवा सम्बन्धि समस्याको सुनुवाई गर्न राष्ट्र बैंकका ३ उच्च अधिकारीलाई जिम्मा

बैकिङ्ग सेवा सम्बन्धि समस्याको सुनुवाई गर्न राष्ट्र बैंकका ३ उच्च अधिकारीलाई जिम्मा


बैकिङ्ग समाचार ।

 नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुवाट सर्वसाधारणलाई बैंकिङ सेवा लिन समस्या परेको छ भने प्रत्यक्षरुपमा केन्द्रीय बैंकका अधिकारीहरुसंग सम्पर्क गर्न सकिने भएको छ ।

लकडाउनको समयमा बैंकिङ सेवा उपभोग गर्ने क्रममा समस्या आएको खण्डमा नेपाल राष्टबैंकले तोकेका उच्च अधिकारीलाई सम्पर्क गरेको खण्डमा समाधान हुनेछ ।

विश्वभरी फैलिएको कोरोना भाइरसका कारण मुलुभर लकडाउन गरीएको हुनाले बैंकमा नै गएर सेवा लिने अवस्था छैन ।

यस्तो अवस्थामा बैंकिङ कारोबार गर्न कुनै जटीलता वा समस्या परेमा राष्ट्र बैंकले तोकेका कार्यकारी निर्देशकलाइ सम्पर्क गरेर समस्याको समाधान गर्न सकिने भएको छ । राष्ट्र बैंक मंगलबार तीन कार्यकारी निर्देशकलाई फोकल पर्सनका रुपमा नियुक्त गरी उनीहरुको मोवाइल नम्बर समेत सार्वजानिक गरेको छ ।

राष्ट्र बैंकले वित्तीय संस्थावाट प्रबाह हुने सेवालाइ थप प्रभावकारी बनाउन, सर्वसाधारणको जिज्ञासाको जावाफ दिन तथा सुझाव लिन र सेवाग्राहीलाइ परेको समस्याको सुनुवाइ गर्नका लागि कार्यकारी निर्देशकहरु देवकुमार ढकाल, बमबाहादुर मिश्र र रेवती नेपालललाई जिम्मा दिएको हो ।

राष्ट्र बैंकका अनुसार बैंकमा रकम जम्मा गर्न वा झिक्न, ऋणपको सावाँ ब्याज तिर्ने लगायतका बैंकिङ कारोबारका लागि बमबाहदुर मिश्र, विप्रेषण, विदेशी मुद्रा सटही, टीटी, प्रतितपत्र तथा विदृशी विनिमय कारोबारसम्बनधी सम्पुर्ण विषयहरुका सम्बन्धमा कार्यकारी निर्देशक बम बाहदुर मिश्र र मोवाइ, इन्टरेनट बैंकिङ, डेविट कार्य तथा क्रेडिट कार्डको प्रयोग, एटिएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल बैंकिङ कारोबारका लागि रेवती नेपाललाइ सम्पर्क गर्न सकिन्छ । केन्द्रिय बैंकले तीनै कार्यकारी निर्देशकको मोवाइल नम्बर समेत राष्ट्र बैंकको बेवसाइटमा उपलब्ध गराएको छ ।