अमेरिकाले डब्ल्यूएचओलाई आर्थिक सहयोग रोक्ने, चीनकेन्द्रित भइरहेको आरोप

अमेरिकाले डब्ल्यूएचओलाई आर्थिक सहयोग रोक्ने, चीनकेन्द्रित भइरहेको आरोप


एजन्सी ।

राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओलाई 'चीनकेन्द्रितू'भइरहेको आरोप लगाउने गरेका छन्। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन्।

कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा 'न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको' उनको आरोप छ।

चीनमा कोरोनाभाइरस देखिएपछि सङ्क्रमणसम्बन्धी विषयलाई सही ढङ्गले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको पनि राष्ट्रपति ट्रम्पले आरोप लगाए।

डब्ल्यूएचओलाई जवाफदेही बनाउनैपर्ने उनको भनाइ छ। यसअघि ट्रम्पले डब्ल्यूएचओले चीनप्रति आग्रह राखेको आरोप लगाएका थिए।

कोरोनाभाइरस सङ्क्रमणबारे फैलिएका सात मिथ्या समाचार जसबाट तपाईँ जोगिनुपर्छ। उनले डब्ल्यूएचओ चीनकेन्द्रित भइरहेको आरोप प्रायः लगाउने गरेका छन्।

अमेरिकामा कोरोनाभाइरस महामारीसँग जुझ्न लिएका नीतिलाई लिएर ट्रम्प आफैँले आलोचना खेपिइरहेका छन्। तर मङ्गलवार उनले कोरोनाभाइरस महामारीलाई लिएर आफ्नो प्रशासनले चालेका कदमहरूको आक्रोशपूर्ण ढङ्गले बचाउ गरेका थिए।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'कोरोनाभाइरसको सङ्क्रमण फैलने विषयलाई एकदमै नराम्रो ढङ्गले व्यपस्थापन गरेको र त्यसलाई ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा आर्थिक सहयोग रोक्न म आफ्नो प्रशासनलाई निर्देशन दिँदैछु।'

'आफ्नो न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको छ र उसलाई जवाफदेही बनाउनैपर्छ,' ट्रम्पले थपे।

अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्छ जसले गत वर्ष ४० करोड डलर उपलब्ध गराएको थिए। यो रकम डब्ल्यूएचओको कुल बजेटको १५ प्रतिशतभित्र पर्छ।

यसअघि डब्ल्यूएचओका एक वरिष्ठ अधिकारीले यो आर्थिक सहयोग रोक्ने समय नभएको बताएका थिए। उनले सबै मिलेर कोरोनाभाइरस महामारीसँग जुझ्नुपर्ने बताएका थिए।

अमेरिका कोरोनाभाइरस महामारीको अहिले केन्द्रबिन्दुमा छ जहाँ ५,९२,७४३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २५,२३९ जनाको मृत्यु भएको छ।