बैंकिङ्ग समाचार, काठमाडौं ।
आज (बिहीबार) बिभिन्न ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज लक्ष्मी बैंक, समता घरेलु लघुवित्त, नेरुडे लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका आजसम्म कायम सेयधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
लक्ष्मी बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको एक्काइसौँ वार्षिक साधारण सभा पौष ८ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको कार्तिक २५ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
समता घरेलु लघुवित्त वित्तीय संस्था संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाले एफपिओ जारी गर्ने बिशेष प्रस्ताव सहति वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८ औँ वार्षिक साधारण सभा पुस ७ गते, बिहिबार हुनेछ ।
सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । मंसिर २४ र २५ गते शुक्रबार र शनिबार नेप्सेमा कारोबार बन्द हुने भएकाले आज मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको १५ औँ वार्षिक साधारण सभा पुस १० गते, शनिबार हुनेछ ।
सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.४८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । मंसिर २४ र २५ गते शुक्रबार र शनिबार नेप्सेमा कारोबार बन्द हुने भएकाले आज मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा पौष ११ गते, आइतबार, अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ।
सभामा कम्पनीको असोज १८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया