काठमाण्डौं सनसिटी अपार्टमेन्टका एकै परिवारका तीन जनामा कोरोना संक्रमण

काठमाण्डौं सनसिटी अपार्टमेन्टका एकै परिवारका तीन जनामा कोरोना संक्रमण


बैकिङ्ग समाचार ।

काठमाण्डौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

उक्त अर्पाटमेन्टमा बस्ने आमा र छोरा बुहारीलाई र्रयापिड डायग्नोस्टिक टेस्ट किटबाट गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको हो। उनीहरु २८ दिनअघि चैत ५ गते बेलायतबाट फर्किएका थिए।

संक्रमित तीनै जनालाई आइसोलेसनमा राख्न पाटन अस्पतालाई पठाइएको छ भने पिसिआर मेसिनबाट थप परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला टेकु पठाइएको छ।

कोरोना पोजेटिभ देखिएपछि उच्च सतर्कता अपनाउँदै सो अपार्टमेन्टलाई लकडाउन गरिएको छ।