वैशाख १० सम्म लकडाउन लम्ब्याउने सरकारको तयारी

वैशाख १० सम्म लकडाउन लम्ब्याउने सरकारको तयारी


बैकिङ्ग समाचार  । 

नेपालमा कोरोना संक्रमितको शख्या बढ्दै गएपछि सरकारले अझै एकहप्ता अर्थात् बैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । सरकारले यसअघि थप गरेको लकडाउन अवधी बुधबार बैशाख ३ गते सकिँदैछ ।

नेपालमा फेरी पनि कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गईरहेको भन्दै वैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको तयारी छ ।मंगलबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समयावधि बढाउने तयारी गरेको हो ।सरकारले एक हप्ता लम्ब्याएमा वैशाख १० गते लकडाउनको अवधी एक महिना पूरा हुनेछ ।

सरकारले पहिलो पटक चैत्र ११ गते देखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यपछि आठ दिन थपेर चैत २५ गतेसम्म कायम गरिएको थियो ।

आसजम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या १४ पुगेको छ । पछिल्लो ९ दिनसम्म नयाँ सङ्क्रमित फेला नपरेकामा आइतबार एकैदिन ३ जना र सोमबार दुई जना नयाँ सङ्क्रमित थपिएका हुन् ।