एकैपटक २ डेपुटी सीइओसहित २८ जना सिनियर कर्मचारीले जागिर छाडेपछि कुमारी बैंकमा ठुलो हलचल

एकैपटक २ डेपुटी सीइओसहित २८ जना सिनियर कर्मचारीले जागिर छाडेपछि कुमारी बैंकमा ठुलो हलचल


बैकिङ्ग समाचार ।
कोरोनाको त्रास र लकडाउनको बेला कुमारी बैंकमा ठुलो हलचल भएको छ । बैंकमा कार्यरत २८ जना सिनियर कर्मचारीले बैशाख १ गतेदेखि लागू हुने गरी जागिर छाडेपछि कुमारी बैंकको कामकारवाहीमा अफ्ठ्यारो पर्ने देखिन्छ । 

जागिर छाड्नेमा बैंकका डेपुटी सीइओद्वय राजीव गिरी र उमेशसिंह भण्डारी छन् । चैत ६ गते मानव संसाधन विभागले उनीहरुको राजिनामा स्वीकृत गरेको थियो । त्यसलाई चैत ८ गतेको सञ्चालक समितिले अनुमोदन गरेको बैंकले जनाएको छ । यस्तै कम्पनी सचिव नरेन्द्र छतकुली, बरिष्ठ प्रबन्धक  राजेश श्रेष्ठ, डिपोजिट हेड रेना रिजाल तथा सिपा रेग्मी कर्पोरेट कम्युनिकेशन हेड छन् ।

साथै रिटेल हेड विश्व रेग्मी, रिकभरी सन्जिव सैजु, रिसर्च एण्ड डेभलपमेन्ट हेड बिनोदनरसिंह श्रेष्ठ, अपरेशन हेड नमिता शाक्य छन् । बैंकले जागिर छाड्न चाहने कर्मचारीहरुलाई भीएसआरको विकल्प दिएको थियो । बैंक छाडेका २८ जना कर्मचारीले २ वर्षको तलबवापतको भीआरएस प्याकेज लिएर बाहिरिएका हुन् ।

जसमा राजीव गिरी कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक सहित अन्य वित्तीय संस्था मर्ज गर्दा कामू सीइओ थिए । भण्डारी काष्ठमन्डपका सीइओ थिए । करिब २ वर्ष जति कामू सीइओको रुपमा चलाएका राजीव गिरीलाई बोर्डले सीइओ दिएन । सिद्धार्थ बैंकबाट सुरेन्द्र भण्डारीलाई ल्यायो । सीइओकारुपमा रहेका भण्डारीले सेञ्चुरी छाडेका अनुजमणि तिमिल्सिनालाई डेपुटी सीइओ बनाएर ल्याए । त्यसपछि बैंकमा पुरानो कुमारी बैंक तथा मर्जबाट आएका उच्च कर्मचारीबीच विवाद भएको थियो ।