बैंकहरुले निक्षेप संकलनमा ब्याज घटाए, मुद्धति र बचत दुवैमा ब्याजदर न्युन 

बैंकहरुले निक्षेप संकलनमा ब्याज घटाए, मुद्धति र बचत दुवैमा ब्याजदर न्युन 


बैंकिङ समाचार ।
बैंकहरुले निक्षेपको व्याजदर घटाएका छन् । बचतखातामा र मुद्धति खातामा यसअघि पाउँदै आएको व्याजमा बैंकहरुले कटौती गरेका हुन् । 

बैंकर्स संघले गरेको सहमति अनुसार नै बुधबारबाट सबै वाणिज्य बैंकहरुले निक्षेपतर्फ व्याज घटाएका छन् । वाणिज्य बैंकहरुले मुद्दति र बचत डिपोजिटको ब्याज दर घटाएका छन्। बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दतिको ब्याज दर एक प्रतिशतले झारेर बढीमा ८.७५ प्रतिशत कायम गरेका छन् । 

यसअघि ९.५ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए । त्यसैगरी बचत खातामा पनि व्याज घटाएका छन् । बाणिज्य बैंकले बढीमा साढे ६ प्रतिशत दिँदै आएको बचतको ब्याजमा एक प्रतिशत दघटाएर ५।५ प्रतिशत कायम गरेका छन् । ऋणको ब्याज घटाउनका लागि निक्षेपको व्याज घटाइएको उनीहरुले बताएका छन् । 

निक्षेपको ब्याजसँग आधार दर घट्ने र सोही अनुसार ऋणको ब्याज घट्ने बतायएको छ । बैंकहरुले आधार दरमा लिने अधिकतम प्रिमियम दर पनि एक प्रतिशत विन्दुले घटाएका छन्। 

यसको कार्यान्वयन भने जेठ १ गतेबाट हुनेछ । आगामी जेठ १ गतेबाट लागु हुनेगरी ऋणको ब्याज घट्ने बताइएको छ ।