सावा र ब्याज बुझाउने आज अन्तिम दिन, कारोबार ठप्प हुँदा रकम उठ्ने सम्भावना न्युन 

सावा र ब्याज बुझाउने आज अन्तिम दिन, कारोबार ठप्प हुँदा रकम उठ्ने सम्भावना न्युन 


बैकिङ्ग समाचार । 

आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासिकको सावा र ब्याज बुझाउने अन्तिम दिन आज बैंंक तथा वित्तिय संस्थाहरुको सावा र ब्याज आउने सम्भावना न्युन देखिएको छ ।
 

कोरोना भाइरसका कारण सबै व्यवसायीक कारोबार ठप्प हुँदा उनीहरुले लिएको कर्जा बुझाउन नसक्ने भएका हुन । यसअघि नेपाल राष्ट्र बैंकले व्याज बुझाउने समय अवधि थप गर्ने भनेता पनि यस सम्बन्धी कुनै ठोस निर्णय भने आएको छैन ।

यद्यपी नेपाल राष्ट्र बैंकले तोकिएको समयमा सावा र ब्याजको रकम भुक्तानी गर्नेलाई १० प्रतिशत छुट दिने निर्णय गरेको छ । 

तर, पछिल्लो समय मुलुकले खेपेको लकडाउन र आर्थिक मन्दीका कारणले सबै व्यवसायीक  कार्यहरु ठप्प हुँदा देशमा ठुलो आर्थिक संकट भित्रिन सक्ने अर्थविद्हरुले प्रक्षेपण गरेका छन् ।