आईपीएसबाट घरमै बसेर रकम भुक्तान गर्न सकिने ४८ बैंक कुन कुन हुन् ? 

आईपीएसबाट घरमै बसेर रकम भुक्तान गर्न सकिने ४८ बैंक कुन कुन हुन् ? 


बैकिङ्ग समाचार  ।
कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मुलुक लकडाउन गरिएको छ । यस्तो अवस्थामा आम मानिसहरुले बैंकिङ कारोबार गर्न सकेका छैनन् । उनीहरु भौतिक रुपमा बैंक कार्यालय गएर कारोबार गर्नसक्ने अवस्था पनि छैन् । यस्तो अवस्थामा यदी केहीगरी बैंक तथा वित्तिय संस्थाबाट रकम झिक्ने तथा अन्य कुनै किसिमका महशुल तिनुपर्ने अवस्था आइपुग्यो भने घरमै बसी बसी कारोबार गर्न सकिने व्यवस्था छ । नेपाल राष्ट्र बैंकका साथै बैंक वित्तीय संस्थाहरुको स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसले सञ्चालन गरिरहेको कनेक्ट आईपीएस प्रणाली सबै सेवाग्राहीका लागि उत्तम विकल्प बन्न सक्छ ।

२५ वाणिज्य बैंक, १५ वटा विकास बैंक र ८ वटा फाइनान्स कम्पनी क्लियरिङ हाउसको सदस्य छन् । अर्थात सबै सदस्य बैंकहरुका बिचमा अहिले बिना कुनै शुल्क रकम पठाउन र पाउन सकिन्छ ।

सामान्य अवस्थामा रकम पठाउँदा शुल्क लाग्दै आएको भए पनि अहिले लकडाउनको समयमा विद्युतीय रकमान्तर तथा भुक्तानीमा शुल्क नलिन नेपाल राष्ट्र बैंकले निर्देशन दिए पछि सेवा निशुल्क भएको हो ।

यो प्रणालीबाट रकम पठाउनका लागि भने केक्ट आईपीएसको प्रयोगकर्ता भएको हुनु पर्छ भने रकम कोही पनि बैंक खातावालाले सहजै पाउन सक्छन् । यो सेवा प्रयोग गर्नका लागि मा गएर लगइनमा क्लिक गर्नु पर्ने हुन्छ ।

अन्तर बैंक विद्युतीय भुक्तानी माध्यमका आबद्ध बैंक तथा वित्तीय संस्थाहरुको सूची यस्तो छ:

वाणिज्य बैंकतर्फ
कृषि विकास बैंक
बैंक अफ काठमाण्डू
सेञ्चुरी कमर्शियल बैंक
सिटिजन्स बैंक
सिभिल बैंक
एभरेष्ट बैंक
ग्लोबल आईएमई बैंक
हिमालयन बैंक
कुमारी बैंक
लक्ष्मी बैंक
माछापुछ्रे बैंक
मेगा बैंक
नबिल बैंक
एनसीसी बैंक
एनआईसी एशिया बैंक
नेपाल बंगलादेश बैंक
नेपाल बैंक
नेपाल इन्भेष्टमेण्ट बैंक
एनएमबी बैंक
प्रभु बैंक
प्राइम कमर्शियल बैंक
सानिमा बैंक
सिद्धार्थ बैंक
सनराइज बैंक र
राष्ट्रिय वाणिज्य बैंक

विकास बैंकतर्फ

देवः विकास बैंक
एक्सेल डेभलपमेण्ट बैंक
गण्डकी विकास बैंक
गरिमा विकास बैंक
ग्रीन डेभलपमेण्ट बैंक
कञ्चन डेभलपमेण्ट बैंक
ज्योती विकास बैंक
महालक्ष्मी विकास बैंक
मितेरी डेभलपमेण्ट बैंक
मुक्तिनाथ विकास बैंक
कामना सेवा विकास बैंक
लुम्बिनी विकास बैंक
सप्तकोशी डेभलपमेण्ट बैंक
सांग्रिला डेभलपमेण्ट बैंक
साइन रेसुङ्गा डेभलपमेण्ट बैंक

फाइनान्सतर्फ

सिटी एक्सप्रेस फाइनान्स
गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स
गोर्खाज फाइनान्स
आईसीएफसी फाइनान्स
मञ्जुश्री फाइनान्स
प्रोग्रेसिभ फाइनान्स
रिलायन्स फाइनान्स र युनाइटेड फाइनान्स

माथि उल्लेखित कुनै पनि वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीको बैंक खाताबाट अर्को बैंक वित्तीय संस्थामा रकमान्तर गर्न सकिन्छ ।