कोरोनाबाट १७ लाख संक्रमित, मृत्यु हुनेको संख्या १ लाख ३ हजार

कोरोनाबाट १७ लाख संक्रमित, मृत्यु हुनेको संख्या १ लाख ३ हजार


एजेन्सी । 

कोरोना संक्रमणबाट विश्वभर कूल संक्रमितको संख्या पनि १६ लाख ९९ हजार ६३१ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख २ हजार ७३४ नाघेको छ। शनिबार बिहान ८ बजेसम्ममा ३ लाख ७६ हजार ३२७ जना भने निको भएर घर फर्किएका छन्।

यस रोगबाट इटालीमा सबैभन्दा धेरै १८ हजार ८४९ जनाको मृत्यु भएको छ भने शक्तिराष्ट्र अमेरिकामा पनि १८ हजार ७४७ जनाको ज्यान गएको छ।

यसैगरि स्पेनमा १६ हजार ८१, फ्रान्स १३ हजार १९७, बेलायत ८ हजार ९५८, इरान ४ हजार २३२, चीन ३ हजार ३३९, बेल्जियम ३ हजार १९, जर्मनी २ हजार ७३६, नेदरल्याण्ड २ हजार ५११, ब्राजिल १ हजार ७४, टर्की १ हजार ६ र स्वीजरल्याण्डमा १ हजार २ जनाको कोभिड १९ को कारण मृत्यु भएको वल्डमिटरले जनाएको छ।

अमेरिकामा सबैभन्दा धेरै ५ लाख २ हजार संक्रमित रहेका छन् भने स्पेनमा १ लाख ५८ हजार, इटाली १ लाख ४७ हजार, फ्रान्स १ लाख २४ हजार, जर्मनी १ लाख २२ हजार, चीन ८१ हजार, बेलायत ७३ हजार, इरान ६८ हजार, टर्की ४७ हजार, बेल्जियम २६ हजार, स्वीजरल्याण्ड २४ हजार, नेदरल्याण्ड २३ हजार, क्यानडामा २१ हजार र ब्राजिलमा करिब २० हजारमा यो भाइरसको संक्रमण देखा परेको छ।