नेप्सेमा झिनाे अंकको सुधार,कारोबार रकम कति ?

नेप्सेमा झिनाे अंकको सुधार,कारोबार रकम कति ?


काठमाडौं– विगत केही दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा मंगलबार झिनो अंकको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अकंले बढेर १९६०.८१ बिन्दुमा बन्द भएको छ। आज ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १४ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ।

आज ११४ कम्पनीको शेयर मूल्य घटेको छ भने १२० कम्पनीको वृद्धि भएको हो। मंगलबार चार उपसूचकमा हरियाली छाएकाे छ।आज माइक्रोफाइनान्स समूहको २.४३ प्रतिशत, अन्य समूहको ०.७० प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३० प्रतिशत र विकास बैंक समूहको ०.३१ प्रतिशतले शेयर मूल्य बढेको छ।

साथै, पोखरा फाइनान्सको ८ करोड३२ लाख रुपैयाँ, आएसडिसि लघुवित्तको ६ करोड ५७ लाख रुपैयाँ, हिमालयन लघुवित्तको ५ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ।